काठमाडौं : नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गत जारी बन्द सत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिने कार्यक्रम छ। आजको बन्दसत्र दिउँसो १ बजे प्रज्ञा भवन कमलादीमा सुरु हुनेछ। बन्द सत्रमा प्रचण्डको प्रतिवेदनमाथि २४ वटा समूह बनाएर छलफल गरिएको थियो। सबै समूहका नेताले छलफलको निष्कर्ष बुधबार र बिहीबार पेश गरिसकेका छन्। महाधिवेशन प्रतिनिधिले नेताका आचारण सुधार र सम्पत्ति छानबीनदेखि अमेरिकी सहयोग परियोजना एमसिसी खारेज गर्नुपर्नेसम्म