काठमाण्डाै - अफगानिस्तानको काबुलमा भएको ड्रोन हमलामा १० जना सर्वसाधारण मारिएको भन्दै अमेरिकाले माफी मागेको छ ।
यसअघि तालिबानी लडाकु मात्रै मारिएको दाबी गरे पनि हिजो अमेरिकी सेनाले पत्रकार सम्मेलन गरेर आफूहरुले गरेको आक्रमणमा १० जना सर्वसाधारण मारिएको र त्यो एउटा दुःखद् क्षण भएको बताएका समाचार संस्था रोयटर्सले जनाएको छ ।
निर्दोस मानिस मार्नु कुनै उद्देश्य नभए पनि विद्रोहीलाई जवाफ दिने क्रममा सर्वसाधारण मारिएको अमेरिकी सेनाले जनाएको छ । अफगानिस्तानमा तालिबानले कब्जा जमाए पछि २६ अगस्टमा काबुल...