‘ग्राउन्ड जिरो’ ३- एपीएफ अस्पताल : एक आमाको चित्कार– मेरो कोख बचाइदिनुस् डाक्टरसा’ब !

सशस्त्र प्रहरी अस्पताल सतुंगलका डाक्टर सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) रोशनकुमार झा कोरोनाका बिरामीको अवस्था बुझ्न बेडतर्फ जाँदै थिए ।  डा. झालाई देखेर रामेछापकी शान्ता (नाम परिर्वतन) उनी नजिक आइन् । उनले आफ्नो छोरालाई जसरी भएपनि बचाइदिन आग्रह गरिन् । ‘मेरो कोख बचाइदिनुस्, डाक्टर सा’ब,’ ती आमाको अनुनय सुनेपछि डा. झाले सान्त्वना दिए, ‘केही हुँदैन, त्यस्तो अवस्थाबाट त फर्काएका छौं, निको हुन्छ, आत्तिनु पर्दैन,’ उनलाई हौसला दिँदै सम्झाए । उनले बारम्बार दोहोर्‍याइरह...

सम्बन्धित सामग्री

नेपाल एपीएफ अस्पताल बलम्बुमा अन्कोलोजी युनिट स्थापना

काठमाडौं । नेपाल एपीएफ अस्पताल बलम्बुमा अन्कोलोजी युनिट स्थापना भएको छ । अस्पतालको २२औं वार्षिकोत्सवको अवसर पारेर बुधबार सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र सशस्त्र प्रहरी परिवार महिला संघकी पूर्वकेन्द्रीय अध्यक्ष श्रीमती कल्पना थापाले ‘सहवीर थापा अन्कोलोजी युनिट’को संयुक्त रुपमा उद्घाटन गरेका छन् । पूर्वसशस्त्र प्रहरी महानिरीक्षक स्व. सहवीर थापाको स्मृतिमा उक्त युनिट स्थापना गरिएको […]

गम्भीर श्वासप्रश्वास संक्रमण उपचार केन्द्र सरकारलाई  हस्तान्तरण

विश्व खाद्य कार्यक्रम र विश्व स्वास्थ्य संगठनले  नेपाल एपीएफ अस्पताल बलम्बुमा रहेको गम्भीर श्वासप्रश्वास संक्रमण उपचार केन्द्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरेको हो।

सशस्त्र प्रहरीको स्वास्थ्य परीक्षण परीक्षाको नतिजा प्रकाशन

सशस्त्र प्रहरीले  विशेष स्वास्थ्य परीक्षणको नतिजा प्रकाशन गरेको छ ।  सशस्त्रको मानवस्रोत निर्देशनालय भर्ना तथा छनोट शाखाले नतिजा प्रकाशन गरेको हो । भदौ ११ मा प्रकाशित विज्ञापन अनुसार फागुन १२ गते एपीएफ अस्पताल बलम्बुमा सञ्चालन गरिएको विशेष स्वास्थ्य परीक्षणमा सहभागी उम्मेदवारहरू उत्तीर्ण भएको सूचनामा जनाइएको छ ।

प्रधानन्यायाधीश जबरा सर्वोच्च अदालतमा

१९ मंसिर, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मुक्त भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत आएका छन् । उनको कोरोना रिपोर्ट शुक्रबार नेगेटिभ आएको थियो । कोरोना संक्रमण भएपछि प्रधानन्यायाधीश राणा सशस्त्र प्रहरीको एपीएफ अस्पताल भर्ना भएका थिए । त्यही बेला सर्वोच्च अदालतमा भने गोला प्रथाबाट पेशी तोक्न थालिएको छ ।

प्रधानन्यायाधीश जबरालाई कोरोना संक्रमण, एपीएफ अस्पताल भर्ना

न्युज अफ नेपाल, काठमाडौँ । प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबरालाई कोरोना संक्रमण पुष्टि भएको छ। आज सोमबार बिहान स्वाब परीक्षण गर्दा प्रधान न्यायाधीश जबरालाई कोरोना संक्रमण पुष्टि भएको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले बताए । हाल उनलाई बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भर्ना गरिएको छ। दाहालका अनुसार हप्ता दिनदेखि प्रधानन्यायाधीश जबरा अस्वस्थ थिए। अस्वस्थ रहेकाले प्रधानन्यायाधीश शुक्रबारअघि […]

प्रधानन्यायाधीश जबरालाई कोरोना संक्रमण, एपीएफ अस्पताल भर्ना

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि भएसँगै जबरा बलम्बुस्थित सशस्त्र प्रहरी (एपीएफ)अस्पताल भर्ना भएका छन् ।  जबरा सोमबार साँझ अस्पताल भर्ना भएका हुन् । सोमबार दिउँसो स्वाब परीक्षण गरिएकोमा जबरामा संक्रमण पुष्टि भएको हो । उनको स्वास्थ्यवस्था भने सामान्य रहेको बताइएको छ । The post प्रधानन्यायाधीश जबरालाई कोरोना संक्रमण, एपीएफ अस्पताल भर्ना appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

काँग्रेस महामन्त्री खड्काको स्वास्थ्य अवस्थामा सुधार

पूर्व गृहमन्त्री एवम् नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको स्वास्थ्य अवस्था स्थिर र सुधारोन्मुख रहेको जनाइएको छ ।नेपाल एपीएफ अस्पतालले बुधबार एक विज्ञप्ति जारी गर्दै खड्काको स्वास्थ्य अवस्थामा सुधार भैरहेको जानकारी दिएको हो । कोभिड १९ संक्रमण भएपछि महामन्त्री खड्का असोज १२ गते एपीएफ अस्पताल भर्ना भएका थिए ।

नेपाल एपीएफ अस्पताल र मानव सेवा आश्रमबीच स्वास्थ्य उपचार सम्बन्धी सहमति

काठमाडौं । नेपाल एपीएफ अस्पताल र मानव सेवा आश्रमबीच स्वास्थ्य उपचार सम्बन्धी सहमति भएको छ ।  सशस्त्र प्रहरी बल,

मानव सेवा आश्रमका आश्रितलाई एपीएफ अस्पतालमा निःशुल्क उपचार

१८ माघ, काठमाडौं । सशस्त्र प्रहरी (एपीएफ) अस्पतालले मानव सेवा आश्रममा रहेका अशक्त, असहाय एवं अभिभावक विहीनहरुको निःशुल्क उपचार गर्ने भएको छ । एपीएफ अस्पताल र मानव सेवा आश्रमका बीच आइतबार एक कार्यक्रमका बीच स्वास्थ्य उपचार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएसँगै आश्रमका आश्रितहरुले निःशुल्क उपचार सेवा पाउनु भएका हुन् । अस्पतालका प्राविधिक सशस्त्र प्रहरी वरिष्ठ […]