प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल-भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन तीन वर्ष पहिले बनेको भन्दै त्यतिबेला किन नबुझेको भनेर प्रश्न गरेका छन् । ईपीजी प्रतिवेदन बुझ्न पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतपक्षी दलका नेता केपी शर्मा ओलीले गरेको कुराको जवाफमा देउवाले उक्त कुरा भनेका हुन् ।