कमेडियन अपूर्व क्षितिज २ लाख ५० हजार धरौटीमा रिहा भएका छन् । काठमाडौं जिल्ला अदालतमा भएको थुनछेक बहसपछि उनी धरौटीमा रिहा भएको जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका प्रमुख अच्युतमणि नेउपानेले रातोपाटीलाई जानकारी दिए ।दोस्रोपटक पक्राउ परेर प्रहरी हिरासतमा रहेका कमेडियन क्षितिज विरुद्ध बुधबार एकसाथ ४ वटा मुद्दा दर्ता भएको थियो । जिल्ला सरकारी वकिलको कार्यालयले जातीय विभेदविरुद्धको कसुर, सार्वजनिक शान्ति खलल पुर्याउन नहुने कसुर, सामाजिक रीतिथिति खलल गर्न नहुने कसुरका साथै सार्वजनिक से