दार्चुला घटनाबारे सदनमा गृहमन्त्री : 'छानबिन प्रतिवेदनका आधारमा सरकारले अडान लिन्छ'

गृहमन्त्री बालकृष्ण खाणले भारतीय सीमा सुरक्षा बल एसएसबीले दार्चुलामा नेपाली युवा चढेको तुइन काटेको घटना सम्बन्धमा छानबिन गर्न गठित समितिको प्रतिवेदनका आधारमा सरकारले धारणा बनाउने र अडान लिने बताएका छन् । उनले समितिको सिफारिशका आधारमा अगाडि बढ्न सरकार तयार रहेको बताए ।  सोमवार बसेको राष्ट्रिय सभा बैठकमा दार्चुला घटनाबारे जानकारी गराउँदै मन्त्री खाणले घटना सम्बन्धमा सरकार गम्भीर भएकाले गृहमन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा छानबिन समिति गठन गरेको बताएका हुन् ।  एमाले सांसदहरूले घटनामा एसएसबीक...

सम्बन्धित सामग्री

गृहमन्त्रीलाई प्रश्न: तपाईं नेपाली हो कि भारतीय?

सत्ता गठबन्धनमा आबद्ध नेकपा (एकीकृत समाजवादी) पार्टीको विद्यार्थी सङ्गठन अनेरास्ववियूले गृहमन्त्री बालकृष्ण खाँणको पुत्ला जलाएको हो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएकोमा गृह मन्त्रालयले कारबाही गर्ने चेतावनी दिएपछि आक्रोशित अनेरास्ववियूले आइतबार गृहमन्त्रीको पुत्ला जलाएका हुन्। दार्चुला घटना र भारतीय हस्तक्षेपप्रति मौन सरकार मोदीको पुत्ला जलाउँदा चाँही कारवाहीको दायरामा ल्याउने चेतावनी दिएको भन्दै अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले आक्रोश पोखे।

गृहमन्त्री खाण र नेकपाका प्रवक्ता प्रकाण्डबीच भेटवार्ता

१८ भदौ, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाण र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ बीच भेटवार्ता भएको छ । शुक्रबार सिंहदरवारस्थित गृहमन्त्रालयमा गृहमन्त्री खाण र प्रकाण्डबीच भेटवार्ता भएको हो । भेटमा सरकारसँग भएको ३ बुँदे सहमतीको कार्यान्वयन, नेकपाका बन्दी नेता/कार्यकर्ताको रिहाइ, दार्चुला घटना, एमसीसी र वर्तमान राजनीतिक परिस्थितिबारे छलफल भएको प्रकाण्डले बताएका […]

दार्चुला घटना : १६ दिनसम्म बनेन छानविन टोलीको प्रतिवेदन

३२ साउन, काठमाडौं । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइनको तार काटिदिँदा दार्चुलाको ब्यास गाउँपालिका–२, मालगाउँका ३० वर्षीय जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको घटनाबारे छानविन गर्न गठित टोलीले १६ दिनसम्म पनि प्रतिवेदन बुझाउन सकेको छैन । गृहमन्त्री बालकृष्ण खाँणले सह–सचिव जनार्दन गौतमको नेतृत्वमा छानविन टोली गठन गर्दै १० दिनको समय दिएका थिए । […]

दार्चुला घटना : 'सीमा सुरक्षाका पाँचवटा बेशबाट धामीको खोजतलास'

दार्चुला घटना घटनाका विषयमा गृहमन्त्री बालकृष्ण खाँडले प्रतिनिधि सभालाई जानकारी गराएका छन् । मंगलबार बसेको बैठकमा गृहमन्त्री खाँडले दार्चुला घटनाको विषयमा जानकारी दिएका हुन् । सदनमा खाँडले सीमा सुरक्षाका पाँचवटा बेशबाट...

दार्चुला घटनाबारे सत्यतथ्य पत्ता लगाउँछौं: गृहमन्त्री

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले तुइनबाट महाकाली नदी पार गर्नेक्रममा बेपत्ता दार्चुलाका जयसिंह धामीबारे सत्यतथ्य पत्ता लगाउने प्रतिबद्धता जनाएका छन् । भारतीय सुरक्षा बल एसएसबीले गत शुक्रबार बिहान तुइनको डोरी काट्दा धामी महाकाली नदीमा खसेर बेपत्ता भएको विवरण आइरहेका छन् । एसएसबीले तुइनको डोरी काट्दा धामी महाकालीमा खसेर बेपत्ता भएको भन्दै प्रहरीमा निवेदनसमेत परेको छ […] The post दार्चुला घटनाबारे सत्यतथ्य पत्ता लगाउँछौं: गृहमन्त्री appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

दार्चुला घटना : आन्दोलनको आँधीबेरी ल्याउने युवा सङ्घको चेतावनी

भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन काट्दा दार्चुलामा महाकाली नदीमा नेपाली युवक बेपत्ता भएको घटनाको विरोधमा राष्ट्रिय युवा सङ्घ नेपालले आइतबार राजधानीमा प्रदर्शन गरेको छ । दार्चुलाको व्यास गाउँपालिका–२ बाट भारतको पङ्गाला जान खोज्दा तुइन चुँडिएर स्थानीय जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएका छन् ।तुइनबाट महाकाली नदी पार गर्न लाग्दा भारतीय सीमा सुरक्षा बलको टोलीले तुइनको फलामे डोरी काट्दा धामी नदीमा खसेर बेपत्ता भएको स्थानीयको आरोप छ ।  गृहमन्त्री बालकृष्ण खाँणले दार्चुलामा तुइनबाट