नेकपा एमालेका सांसदहरूले भारतीय सीमा सुरक्षा बल एसएसबीले दार्चुलामा नेपाली युवा चढेको तुइन काटेको घटना सम्बन्धमा भारतसँग कुरा गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन् ।
एसएसबीले तुइन काट्दा जयसिंह धामीको मृत्यु भएको भनेर प्रत्यक्षदर्शीले बताइरहँदा पनि सरकार भारतसँग कुरा गर्न डराएको आरोप लगाएका हुन् ।
सोमवार बसेको राष्ट्रिय सभा बैठकमा गृहमन्त्री बालकृष्ण खाणलाई प्रश्न गर्दै एमाले सांसदहरूले कूटनीतिक माध्यमबाट भारतसँग कुरा गर्न आग्रह गरेका हुन् ।
सांसद कोमल वलीले दार्चुला घटना सम्बन्धमा सरकारले ...