काठमाडौँ : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार अलोकतान्त्रिक पद्धतिमा अघि बढेको बताएका छन्।बिहीवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा केन्द्रीय कमिटी बैठक समापन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले बालकुमारी घटनामा मन्त्रीलाई दोषी देखाएको प्रतिवेदनपछि पनि प्रधानमन्त्रीले मन्त्रीलाई बर्खास्त गर्न नसकेको बताए। उनले दोषी ठहर गर्दा पनि कारबाही नहुनु अलोकतान्त्रिक पद्धति भएको बताए। उनले प्रधानमन्त्री निर्लज्ज भएर बसिरहेको जिकिर गरे। अध्यक्ष ओल