सदरमुकामको बजेट सुनिश्चित

पूर्वी नवलपरासीको सदरमुकाम कावासोतीमा नमुना जिल्ला सदरमुकाम निर्माणका लागि अर्थ मन्त्रालयबाट बजेटको स्रोत सुनिश्चित भएको छ । अर्थ मन्त्रालयले तीन वर्षभित्र काम हुने गरी ५० करोड रुपियाँको स्रोत सुनिश्चित गरेको जनाएको छ । जिल्लाको सदरमुकाम कावासोतीमा रहेको १८७ बिघा जग्गामा सङ्घ र प्रदेश मातहतका जिल्लामा रहने सबै कार्यालय एकै स्थानमा निर्माण गर्ने गरी काम अघि बढाइएको थियो ।

सम्बन्धित सामग्री

स्वास्थ्यलाई अर्थ मन्त्रालयले भन्यो : ९८ आधारभूत अस्पताल बनाउन बजेट छैन

२३ माघ, काठमाडौं । देशका विभिन्न स्थानीय तहमा निमार्णाधीन ९८ आधारभूत अस्पतालका लागि अर्थ मन्त्रालयले बजेट नदिने भएको छ । यी अस्पतालका लागि स्रोत सुनिश्चित नभएको भन्दै अर्थले बजेट दिन इन्कार गरेको हो । निर्माणको घोषणा गर्दा नै स्रोत सुनिश्चित नगरिएको भन्दै अर्थ मन्त्रालयले बजेट दिन इन्कार गरेको हो । गत १ कात्तिकमा स्वास्थ्य मन्त्रालयले […]

‘बजेट सुनिश्चित नगरी आयोजना घोषणा गर्दा समस्या’

काठमाडौं । बजेट सुनिश्चित नगरी आयोजनाहरू घोषणा गर्दा व्यवसायीले भुक्तानी पाउन कठिन भएको नेपाल निर्माण व्यवसायी महासंघले बताएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाललाई बिहीवार भेटेर महासंघले बजेट सुनिश्चित नहुने, तर काम गर्ने व्यवसायीले ठूलो रकम भुक्तानी नपाउँदा निर्माण उद्योग संकटमा पर्न थालेको बताएको हो । महासंघले सार्वजनिक खरीद ऐन संशोधन र पछिल्लो समय देखिएका समस्याको विषयमा दाहाललाई अवगत गराएको छ । सो अवसरमा दाहालले निर्माण व्यवसायी तथा सरोकारवालालाई समेटेर खरीद ऐन संशोधन गरिने प्रतिबद्धता व्यक्त गरे । महासंघका अध्यक्ष रवि सिंहले निर्माण क्षेत्रलाई प्राथमिकतामा राख्न पनि प्रधानमन्त्रीसमक्ष आग्रह गरे । बजेट सुनिश्चित नगरी आयोजनाहरू घोषणा गरिएकाले व्यवसायीले ठूलो रकम भुक्तानी नपाएको उनको भनाइ छ ।

नवाैंको लागि ६० करोड बजेट सुनिश्चित

काठमाडौं । गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता शुरु हुन ५० दिन मात्रै बाँकी रहेको छ । प्रतियोगिता सफल बनाउन राष्ट्रिय खेलकुद परिषद्ले तयारी पनि तीव्ररुपमा गरिरहेको छ । परिषद्ले बिहीबार तयारीको अवस्थामा केही निम्न कार्यहरू पनि गरिएको छ । जसमा प्रतियोगिताको लागि ६० करोड रकम बजेट सुनिश्चित भएको छ । पहिलो किस्ता वापत […]

त्रिचन्द्र क्याम्पसको पुनर्निर्माणका लागि ४८ करोड बढीको बजेट सुनिश्चित

काठमाडौं, १२ साउन । त्रिचन्द्र क्याम्पसको जिर्णोदार भवन पुनर्निर्माणका लागि बजेट सुनिश्चित भएको छ । सहरी विकास मन्त्रालयले सहरी विकास तथा भवन निर्माण विभागलाई  ४८ करोड २० लाख रूपैयाँ सुनिश्चित भएको पत्र पठाएको हो । क्याम्पसको भवन प्रवलीकरणका लागि सहरी विकास मन्त्रालयले माग गरेअनुसार अर्थ मन्त्रालयले ४८ करोड २० रूपैयाँ सुनिश्चित गरेको जानकारी विभागलाई गराएको […]

त्रिचन्द्र क्याम्पस मर्मत गर्न ४८ करोड बढीको बजेट सुनिश्चित

काठमाडौं। त्रिचन्द्र क्याम्पस मर्मत गर्न ४८ करोड बढीको बजेट सुनिश्चित गरिएको छ। संवैधानिक नियुक्तविरुद्धको रिटमा आज सुनुवाइ हुने छ। धितोपत्र बोर्डले आज नीति तथा कार्यक्रम सार्वजनिक गर्नेछ। कञ्चनपुरमा पाँच वर्षीया बालिकामाथि बलात्कार गरिएको छ। दोधारा –चाँदनीमा नेपालले नहर निर्माण गर्ने भएको छ।

त्रिचन्द्र क्याम्पसको पुनर्निर्माणका लागि बजेट सुनिश्चित

११ साउन, काठमाडौं । त्रिचन्द्र क्याम्पसको भवन पुनर्निर्माणका लागि ४८ करोड २० लाख रूपैयाँ बजेट सुनिश्चित भएको छ । सहरी विकास मन्त्रालयले सहरी विकास तथा भवन निर्माण विभागलाई स्रोत सुनिश्चित भएको पत्र पठाएको हो । क्याम्पसको भवन प्रवलीकरणका लागि सहरी विकास मन्त्रालयले अर्थ मन्त्रालयसँग ४८ करोड २० लाख ६१ हजार ६२९ रुपैयाँ माग गरेको थियो […]

डडेल्धुरामा विमानस्थल निर्माण प्रक्रिया अगाडि बढ्यो, पाँच करोड बजेट सुनिश्चित

डडेल्धुरा– डडेल्धुरामा विमानस्थल निर्माण कार्यका लागि बजेट सुनिश्चित भएको छ। जिल्लाको अजयमेरू गाउँपालिका–१ पुइलेकमा बन्ने विमानस्थल निर्माणको लागि आगामी आर्थिक वर्षको बजेट सुनिश्चित भएको हो। वातावरणीय प्रभाव मूल्यांकनसँगै विमालस्थल निर्माणका लागि पाँच करोड बजेट सुनिश्चित भइसकेको नेपाल नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए। विमालस्थल निर्माणका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत बजेटको […]

मेलम्चीसम्म पुग्ने दुई सडक निर्माणका लागि ६५ करोड बजेट सुनिश्चित

काठमाडौँ । सरकारले मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रसम्म पुग्ने दुई वटा सडक निर्माण तथा स्तरोन्नति गर्न ६५ करोड रुपैयाँको स्रोत सुनिश्चित गरेको छ । गत वर्षायाममा आएको बढीको कारण सडकमार्गहरु क्षतिग्रस्त भएपछि मेलम्चीको आयोजनास्थलसम्म पुग्ने सडक बनाउन अर्थ मन्त्रालयले २ वटा सडकको लागि स्रोत सुनिश्चित गरेको हो । सिन्धुपाल्चोकको मेलम्ची बजारदेखि मेलम्चीको हेडवर्क्ससम्म पुग्ने सडकका […]

बाँच्न पाउने अधिकार सुनिश्चित गर्न कसरी चुक्यो बजेट?

वर्तमान सन्दर्भमा सरकारको प्रमुख दायित्व आम नागरिकको बाँच्न पाउने अधिकार सुनिश्चित गर्नु हो। नागरिकको बाँच्न पाउने अधिकारलाई दुई कुराले खतरा पैदा गरेको छ।