कास्की–३ मा एमाले उम्मेदवार पौडेलको अग्रता

कास्की । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि भएको निर्वाचनमा कास्की क्षेत्र नं ३ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का दामोदर पौडेल (बैरागी) अगाडि छन् ।

सम्बन्धित सामग्री

कास्की ३ (१)मा कांग्रेसका बराल विजयी

गण्डकी प्रदेशसभा सदस्यमा कास्की निर्वाचन क्षेत्र नम्बर ३ (१)मा नेपाली कांग्रेसका उम्मेदवार प्रकाश बराल विजयी भएका छन् । एमाले उम्मेदवार राजिव पहारीलाई पराजित गर्दै कांग्रेस उम्मेदवार बराल विजयी भएका छन् ।

गठबन्धन र कांग्रेसमा घात हुँदा एमालेलाई फाइदा

७ मंसिर, पोखरा । पोखरा–१३, बाँझापाटनमा बिहीबार साँझ कांग्रेस कार्यकर्ताले आफ्नै नेताविरुद्ध नाराबाजी गरे । निर्वाचनमा अन्तर्घात गरेको भन्दै कास्की–३ टिकट लिन अन्तिम समयसम्म कसरतमा रहेका कांग्रेसका कास्की जिल्लाका पूर्व सभापति कृष्ण केसीविरुद्ध नाराबाजी गरेका हुन् । कास्की–३ मा कास्की कांग्रेसका सभापतिसमेत रहेका किशोरदत्त बराल उम्मेदवार छन् । एमाले उम्मेदवार मनबहादुर गुरुङसँग उनी दुई हजार […]

कास्की-३ मा एमाले उम्मेदवारलाई १,०२६ मतको अग्रता

६ मंसिर, पोखरा । कास्की क्षेत्र नम्बर ३ मा नेकपा एमालेले अग्रता कायम राखेको छ । १९ हजार ९३४ मत गणना हुँदा एमालेका दामोदर पौडेल बैरागीले ६ हजार ४८७ मत पाएका छन् । दोस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेलले ५ हजार ४६१ मत पाएका छन् । एमाले उम्मेदवार बैरागीले रास्वपाका पौडेलले भन्दा १ हजार २६ मत […]

कास्की-३ मा एमालेबाट बागी बनेका बास्तोलाद्वारा उम्मेदवारी फिर्ता

पोखरा । कास्की-३ मा एमालेबाट बागी उम्मेदवारी दिएका जगन्नाथ बास्तोलाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । एमाले उम्मेदवार दामोदर पौडेल बैरागीविरुद्ध बास्तोलाले बागी उम्मेदवारी दर्ता गरेका थिए । एमाले प्रदेश सचिवालय सदस्य बास्तोलाले आज आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् । उनी अहिले बैरागीको चुनावी अभियानमा हिँडेका छन् ।