कैलालीको घोडाघोडी नगरपालिका–८, तारानगरमा स्थानीय पहल देउवाले सात करोड लगानीमा बहुद्देश्यीय कृषि व्यवसाय सञ्चालनमा ल्याउनुभएको छ । निम्न वर्गीय परिवारमा जन्मनुभएका देउवाले लामो सङ्घर्षपछि सञ्चालनमा ल्याएको व्यवसायले सुदूरपश्चिममै चर्चा पाउन थालेको छ ।
१४ वर्षकै उमेरमा भारतमा मजदुरी गर्न पुग्नुभएका देउवाले द्वन्द्वका कारण र पारिवारिक अवस्थाले उच्च शिक्षा अध्ययन गर्न नपाएको बताउनुभयो । भारतमा केही वर्ष काम गरेपछि आफ्नै देशमा केही गर्नुपर्छ भन्ने सोचसाथ नेपाल आउनुभएका उहाँले होटल व्यवसाय, ग्यारेज सञ्चालन गर्नुभयो तर दुवै व्यवसायबाट सन्तुष्ट हुनुभएन ।