काठमाडौं । नेपाली कांग्रेसको पूर्वनिर्धारित १४औं महाधिवेशन अन्योलमा परेको छ । पूर्वनिर्धारित कार्यतालिकाअनुसार आगामी ७ देखि १० फागुनसम्म काठमाडौंमा हुने तय भएको कांग्रेस महाधिवेशन कोरोना संक्रमणका कारण अन्योलमा परेको हो । यो अन्योलसँगै पूर्वनिर्धारित महाधिवेशन सर्ने संकेत देखिन थालेको छ । कांग्रेसले महाधिवेशनका लागि सार्वजनिक गरेका यसबीचका क्रियाशील सदस्यता वितरण, सदस्यताको नवीकरण र छानबिनको प्रक्रियासमेत …