लमजुङमा रहेका सरकारी कार्यालयले आवश्यक काम गर्न नसक्दा न्यून प्रगति भएको देखिएको छ । जिल्लामा गण्डकी प्रदेश सरकारको मातहतमा रहेका नौ सरकारी कार्यालयहरुले विकास निर्माणमा खर्च गर्नलाई कन्जुस्याइँ गरेकाले कार्यालयको प्रगति न्यून रहेको पाइएको छ । घरेलु तथा साना उद्योग, जलस्रोत तथा सिँचाइ विकास डिभिजन, पूर्वाधार विकास, सामाजिक विकास, डिभिजन वन , कृषि ज्ञान केन्द्र, …