तेह्रथुममा २० मेट्रिक टनले बढ्यो सुन्तलाको उत्पादन

कृषि ज्ञान केन्द्रले यहाँको ६ सय १६ हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादन हुँदै आएको जनाएको छ ।

सम्बन्धित सामग्री

सोलुखुम्बुमा सुन्तलाको उत्पादन बढ्यो

चार सय ६९ मेट्रिकटनले वृद्धि भएको कृषि ज्ञान केन्द्र सोलुखुम्बुले जनाएको छ ।

सोलुखुम्बुमा सुन्तलाको उत्पादन बढ्यो

चार सय ६९ मेट्रिकटनले वृद्धि भएको कृषि ज्ञान केन्द्र सोलुखुम्बुले जनाएको छ ।

भोजपुरमा सुन्तला उत्पादन बढ्यो

भोजपुर । भोजपुरमा सुन्तला उत्पादन बढेको छ । यस वर्ष जिल्लामा ६ हजार २९३ मेट्रिकटन सुन्तला उत्पादन भएको छ । गतवर्षको तुलनामा यस वर्ष ८५३ मेट्रिकटन बढी सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र भोजपुरले जानकारी दिएको छ । गतवर्ष ५ हजार ४४० मेट्रिकटन सुन्तला उत्पादन भएको केन्द्रको तथ्यां्रक छ । सबै स्थानीय तहमा सुन्तला उत्पादन हुने भए पनि विशेषगरी टेम्केमैयुङ गाउँपालिका, भोजपुर नगरपालिका, षडानन्द नगरपालिका, हतुवागढी गाउँपालिका र रामप्रसादराई गाउँपालिकामा सुन्तलाको उत्पादन तुलनात्मक रूपमा बढी हुन्छ । अन्य बालीको तुलनामा सुन्तलाखेतीबाट राम्रो आम्दानी हुने तथा घरैबाट विक्री हुने भएकाले यसतर्फ कृषकको आकर्षण बढेको केन्द्रका सूचना अधिकारी विश्वास अङगाईंले बताए । सुन्तला प्रतिकेजी सय रुपैयाँदेखि १२० रुपैयाँसम्ममा विक्री हुने यहाँका किसान बताउँछन् । यहाँको सुन्तला स्थानीय बजारसँगै धरान, विराटनगर, काठमाडौंसम्म पुग्ने भोजपुर नगरपालिका–५ बोखिमका कृषक धनबहादुर थापाले बताए । पहिला डोकोमा बोकेर बजारमा लैजानुपर्ने बाध्यता थियो । तर अहिले व्यापारीहरू घरमै आएर बोटबाटै टिपेर लाने गरेको उनको भनाइ छ । भोजपुरमा ९२० हेक्टर क्षेत्रफमा सुन्तलाखेती गरिँदै आएको छ ।

यस वर्ष सुन्तलाको उत्पादन बढ्यो

काठमाडौँ,४ पुष । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा यस वर्ष सुन्तलाको उत्पादन बढेको छ । जिल्लामा यस वर्ष गत वर्षको भन्दा दुई सय ३० मेट्रिकटन बढी सुन्तला उत्पादन भएको हो । जिल्लाभरका एक सय ९१ हेक्टर क्षेत्रफलको सुन्तला बगैँचाबाट अहिले एक हजार २५ मेट्रिकटन सुन्तला उत्पादन भएको छ । उत्पादित सुन्तला बिक्रीबाट रु छ करोड १५ लाख […]

सुन्तलाको उत्पादन बढ्यो

तनहुँमा उत्पादित सुन्तला जिल्ला बाहिरका बजारमा खपत हुने गरेको छ । यस वर्ष तनहुँमा सुन्तला उत्पादन वृद्धि भएको छ ।

म्याग्दीमा सुन्तला उत्पादन बढ्यो, यस वर्ष १० करोड रुपैयाँभन्दा धेरैको कारोबार

म्याग्दी – म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन बढेको छ । अनुकूल मौसम, सुन्तलाको क्षेत्रफल विस्तार, रोग तथा किराको प्रकोप नियन्त्रण, किसानलाई विषादी र बिउबिजन सहयोग भएपछि सुन्तलाको उत्पादन बढेको हो ।  म्याग्दीमा ६ सय ४० हेक्टर क्षेत्रफलको जमिन सुन्तला खेतीले ढाकेकोमा तीन सय ४५ हेक्टरमा रहेको सुन्तलाले उत्पादन दिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । चालु आर्थिक वर्ष २०७८÷७९ मा विगतका वर्षको तुलनामा भन्दा सुन्तला उत्पादन बढेको बताउँदै कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले दुई हजार ३० मेट्रिक टन ...

धनकुटामा सुन्तलाको उत्पादन बढ्यो

धनकुटा, पुस २८ । धनकुटामा यस वर्ष सुन्तला उत्पादन बढेको छ । जिल्लाको समग्र सुन्तला उत्पादन गत वर्ष भन्दा ६४ मेट्रिकटन बढेको कृषि ज्ञानकेन्द्र धनकुटाका अधिकृत विशाल राईले जानकारी दिनुभयो । फूल फूल्ने र दाना लाग्ने समय अनुकुल भएकाले सुन्तला उत्पादन बढेको ज्ञान केन्द्रले जनाएको छ । खोकु, छिन्ताङ्ग, आँखीसल्ला, धनकुटा नगरपालिका र मौनाबुधुकलगायत स्थानमा […]

म्याग्दीमा सुन्तला उत्पादन ४.५३% ले बढ्यो

पुस २२, म्याग्दी । म्याग्दीमा यस वर्ष सुन्तलाको उत्पादन बढेको छ । गत वर्षको तुलनामा ४ दशमलव ५३ प्रतिशतले सुन्तला उत्पादन बढेको हो ।  कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले गत वर्षको तुलनामा १०० मेट्रिक टन सुन्तला बढी फलेको जानकारी दिए ।  उनले भने, ‘उत्पादन भएको ८० प्रतिशत सुन्तला विक्री बजारमा पठाइएको छ ।’ गत वर्ष ३४५ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिँदा दुई हजार ८० मेट्रिक टन उत्पादन भएको थियो । यस वर्ष ३५५ हेक्टरमा लगाइएको बोटबाट दुई हजार १८० मेट्रिक टन सुन्तला उत्पादन भएको पाण्डेले बताए ।  कृषकले विक्री गरेको सरदर मूल्यका आधारमा जिल्लाभर रू. १३ करोड बराबरको सुन्तला उत्पादन भएको छ । कृषकले प्रतिकिलो रू. ५० देखि रू. ८० का दरले सुन्तला विक्री गरेका छन् ।  राखु, मरेक, सुर्केमेला, बरङ्जा, भेडाबारी, अर्मन, रुन्मा, बिम, ओखरबोट, ताकम, घतान, पिप्ले, भगवती, बेग, दोवा, दोसल्ले, घार, भुरुङ तातोपानी, दाना र नारच्याङमा सुन्तला अत्यधिक उत्पादन हुन्छ ।  म्याग्दीको सुन्तला पोखरा, चितवन, बुटवल, काठमाडौंलगायत ठाउँमा बिक्री हुँदैआएको छ । व्यापारीले बगैँचामै आएर सुन्तला खरीद गर्ने गरेको बेनी नगरपालिका–३ राखुका थमबहादुर पुनले बताए ।  राखुमा रू. एक करोड ५० लाख बराबरको सुन्तला विक्री भएको छ । औसा परेर झर्ने समस्या नियन्त्रणका लागि कृषकलाई तालिम प्रदान गरिएको छ । बोट सुक्ने र पाक्ने बेलामा दाना झर्ने समस्या नियन्त्रणमा कृषक र प्राविधिक जुटेका छन् । रासस

गुल्मीमा यो वर्ष सुन्तलाको उत्पादन बढ्यो

गुल्मी– गुल्मीमा यो वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ। गत वर्षभन्दा १२.४ प्रतिशत उत्पादनमा वृद्धि भएको हो। अहिले पाँच हजार नौ सय ३६ मेट्रिक टन सुन्तला उत्पादन भएको छ। गत वर्ष पाँच हजार दुई सय ७९ मेट्रिकटन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ। गत वर्ष चार सय ९१ हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादन […]

सुन्तलाको व्यापार बढ्यो, उत्पादन घट्यो

किरन धामी, दार्चुला । हिजो आज दार्चुला सदरमुकाम खलङ्गामा सुन्तलाको व्यापार बढेको छ । सुन्तला उत्पादनको पकेट क्षेत्र मानिएका महाकाली नगरपालिकाको धाप निसिलका कृषकहरूले फलाएका सुन्तला जिल्ला भित्रिएका छन् । यस्तै दुहुँ गाउँपालिकाको ब्रह्मदेव, पिपलचौरी लगायतका विभिन्न क्षेत्रबाट कृषकहरूले सुन्तला खलङ्गा ल्याएर बिक्री गर्न थालेका छन् । गत वर्षभन्दा यस वर्ष सुन्तलाको उत्पादन केही घटेको […]