भोजपुरमा सुन्तला उत्पादन बढ्यो

भोजपुर । भोजपुरमा सुन्तला उत्पादन बढेको छ । यस वर्ष जिल्लामा ६ हजार २९३ मेट्रिकटन सुन्तला उत्पादन भएको छ । गतवर्षको तुलनामा यस वर्ष ८५३ मेट्रिकटन बढी सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र भोजपुरले जानकारी दिएको छ । गतवर्ष ५ हजार ४४० मेट्रिकटन सुन्तला उत्पादन भएको केन्द्रको तथ्यां्रक छ । सबै स्थानीय तहमा सुन्तला उत्पादन हुने भए पनि विशेषगरी टेम्केमैयुङ गाउँपालिका, भोजपुर नगरपालिका, षडानन्द नगरपालिका, हतुवागढी गाउँपालिका र रामप्रसादराई गाउँपालिकामा सुन्तलाको उत्पादन तुलनात्मक रूपमा बढी हुन्छ । अन्य बालीको तुलनामा सुन्तलाखेतीबाट राम्रो आम्दानी हुने तथा घरैबाट विक्री हुने भएकाले यसतर्फ कृषकको आकर्षण बढेको केन्द्रका सूचना अधिकारी विश्वास अङगाईंले बताए । सुन्तला प्रतिकेजी सय रुपैयाँदेखि १२० रुपैयाँसम्ममा विक्री हुने यहाँका किसान बताउँछन् । यहाँको सुन्तला स्थानीय बजारसँगै धरान, विराटनगर, काठमाडौंसम्म पुग्ने भोजपुर नगरपालिका–५ बोखिमका कृषक धनबहादुर थापाले बताए । पहिला डोकोमा बोकेर बजारमा लैजानुपर्ने बाध्यता थियो । तर अहिले व्यापारीहरू घरमै आएर बोटबाटै टिपेर लाने गरेको उनको भनाइ छ । भोजपुरमा ९२० हेक्टर क्षेत्रफमा सुन्तलाखेती गरिँदै आएको छ ।

सम्बन्धित सामग्री

इलाममा सुन्तला उत्पादन घट्यो

फिक्कल– इलाममा यसवर्ष सुन्तला उत्पादन घटेको छ । गत वर्षको तुलनामा चार मेट्रिक टन अर्थात् शून्य दशमलव १५ प्रतिशतले सुन्तला उत्पादन घटेको कृषि ज्ञान केन्द्रले जनाएको छ । कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष दुई हजार सात सय ४० मेट्रिक टन सुन्तला उत्पादन भएको छ । गत वर्ष दुई हजार सात सय ४४ मेट्रिक टन […]

बागलुङमा २० करोडको सुन्तला उत्पादन

गलकोट– बागलुङमा यस वर्ष रु २० करोड बराबरको सुन्तला उत्पादन भएको छ । कूल तीन सय ४५ हेक्टर क्षेत्रफलमा लगाइएको सुन्तलाका बोटबाट बागलुङमा रु २० करोड बराबरको सुन्तला उत्पादन भएको हो ।  कृषि ज्ञानकेन्द्रले हालै गरेको सर्वेक्षणअनुसार बागलुङमा यस वर्ष तीन हजार नौ सय २० मेट्रिकटन सुन्तला उत्पादन भएको जनाएको छ । गत वर्षको तुलनामा […]

गुल्मीमा घट्यो सुन्तला उत्पादन

१८ मंसिर, गुल्मी । कृषि ज्ञानकेन्द्र गुल्मीले गत वर्षको तुलनामा यस वर्ष सुन्तला उत्पादन कम भएको प्रक्षेपण गरेको छ । गत वर्षभन्दा ११.८७ प्रतिशतले सुन्तला उत्पादन घटेको प्रक्षेपण गरिएको कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताए । गत वर्ष ५८८ हेक्टर उत्पादनशील क्षेत्रफलमा ६,८३८ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । यो वर्ष ६२३ हेक्टर […]

रुकुम (पूर्व) मा ३५ प्रतिशतले बढ्यो सुन्तला उत्पादन

रुकुम – रुकुम  (पूर्व) मा यस वर्ष सुन्तला उत्पादन बढेको छ। विगतका केही वर्षमा क्रमिकरुपले घट्दै गएको सुन्तला उत्पादन यस वर्ष भने बढेको हो। गत वर्षको तुलना गर्ने हो भने जिल्लाभर यस वर्ष ३५ प्रतिशतले सुन्तला उत्पादन बढेको छ। एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय रुकुम९पूर्व० का अनुसार गत वर्ष ६३३ दशमलव ७५ मेट्रिक टन […]

रुकुम (पूर्व) मा ३५ प्रतिशतले बढ्यो सुन्तला उत्पादन

रुकुम (पूर्व)- रुकुम (पूर्व) मा यस वर्ष सुन्तला उत्पादन बढेको छ। विगतका केही वर्षमा क्रमिकरुपले घट्दै गएको सुन्तला उत्पादन यस वर्ष भने बढेको हो। गत वर्षको तुलना गर्ने हो भने जिल्लाभर यस वर्ष ३५ प्रतिशतले सुन्तला उत्पादन बढेको छ। एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय रुकुम(पूर्व) का अनुसार गत वर्ष ६३३ दशमलव ७५ मेट्रिक टन […]

रुकुम (पूर्व) मा ३५ प्रतिशतले बढ्यो सुन्तला उत्पादन

रुकुम (पूर्व) मा यस वर्ष सुन्तला उत्पादन बढेको छ । विगतका केही वर्षमा क्रमिकरुपले घट्दै गएको सुन्तला उत्पादन यस वर्ष भने बढेको हो । गत वर्षको तुलना गर्ने हो भने जिल्लाभर यस वर्ष ३५ प्रतिशतले सुन्तला उत्पादन बढेको छ । एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय रुकुम (पूर्व) का अनुसार गत वर्ष ६३३ दशमलव ७५ […]

ओखलढुंगामा पाँच करोडको सुन्तला उत्पादन

यस वर्ष ओखलढुंगामा पाँच करोड रुपैयाँबराबरको सुन्तला उत्पादन भएको छ। कृषि ज्ञान केन्द्र ओखलढुंगाको तथ्यांकअनुसार जिल्लामा आर्थिक वर्ष २०७९/०८० मा पाँच करोड मूल्य बराबरको सुन्तला उत्पादन भएको हो। जिल्लामा २६७ हेक्टर...

पाँच करोडको सुन्तला उत्पादन

अर्घाखाँची– अर्घाखाँचीको पाणिनी गाउँपालिकाको एउटै गाउँमा करिब पाँच करोडको सुन्तला उत्पादन भएको छ । पाणिनी गाउँपालिका वडा नं. १ सिम्लेमा मात्र यो वर्ष करीव पाँच करोडको सुन्तला उत्पादन भएको हो । यतिवबेला सिम्लेका किसान सुन्तला टिप्न व्यस्त रहेका छन् । सिम्ले गाउँमा मात्र व्यवसायिक रुपमा ४९ किसानले सुन्तला खेती गरेका छन् । सुन्तला बिक्रीबाट हरेक […]

ताप्लेजुङमा सुन्तला उत्पादन वृद्धि

ताप्लेजुङ– ताप्लेजुङमा यसवर्ष सुन्तला उत्पादन वृद्धि भएको छ । विगतको तुलनामा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको हो । विगतको वर्षभन्दा यस वर्ष एक मेट्रिक टनबढी सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र पाँचथर, सम्पर्क कार्यालय ताप्लेजुङले जनाएको छ । गतवर्ष तीन सय ४० दशमलव पाँच मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । यसवर्ष गएको वर्षभन्दा […]

सुन्तला उत्पादन बढ्यो

धनकुटा-सुन्तला उत्पादन र निर्यातका लागि प्रख्यात धनकुटामा यस वर्ष सुन्तला उत्पादन बढेको छ ।जिल्लाको समग्र सुन्तला उत्पादन गत वर्ष भन्दा ६४ मेट्रिटन बढेको कृषि ज्ञानकेन्द्र धनकुटाका अधिकृत विशाल राईले जानकारी दिए । फूल फूल्ने र दाना लाग्ने समय अनुकुल भएकाले सुन्तला उत्पादन बढेको अनुमान ज्ञान केन्द्रले गरेको हो । खोकु, छिन्ताङ्ग, आँखिसल्ला, धनकुटा नगरपालिका र […]