म्याग्दी – म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन बढेको छ । अनुकूल मौसम, सुन्तलाको क्षेत्रफल विस्तार, रोग तथा किराको प्रकोप नियन्त्रण, किसानलाई विषादी र बिउबिजन सहयोग भएपछि सुन्तलाको उत्पादन बढेको हो ।
म्याग्दीमा ६ सय ४० हेक्टर क्षेत्रफलको जमिन सुन्तला खेतीले ढाकेकोमा तीन सय ४५ हेक्टरमा रहेको सुन्तलाले उत्पादन दिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । चालु आर्थिक वर्ष २०७८÷७९ मा विगतका वर्षको तुलनामा भन्दा सुन्तला उत्पादन बढेको बताउँदै कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले दुई हजार ३० मेट्रिक टन ...