स्पेनिस क्लब बार्सिलोनाका युवा खेलाडी रिकी पुज अमेरिकाको मेजर लिग सकर (एमएलएस) क्लब एलए ग्यालेक्सीमा अनुबन्ध भएका छन् । ला ग्यालेक्सीले मिडफिल्डर रिकी पुजलाई अनुबन्ध गरेको जनाएको छ । २२ वर्षे पुजले एलए ग्यालेक्सीसँग साढे तीन वर्षको सम्झौता गरेका छन् ।पुजले सन् २०१८ मा बार्सिलोनाको सिनियर टोलीमा डेब्यु गरेका थिए । बार्सिलोनाको सिनियर टोलीका लागि उनले ५७ खेलमा २ गोल गरेका छन् । पुजले क्याटलानबाट २ खेल खेलेका छन् । बार्सिलोनाले पछिल्लो समय टिममा सिनियर खेलाडी भित्राउँदै आफ्ना केही खेलाडीलाई बा
२४ चैत, काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) को फ्रेन्चाइज टिम ललितपुर प्याट्रियोट्सले ट्यालेन्ट हन्टमार्फत अनुबन्ध गर्नुपर्ने युवा खेलाडी पहिचानका लागि अन्तर कलेज टी–२० क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । आउने शनिबारदेखि एक सातासम्म मूलपानी (तल्लो) मैदानमा सञ्चालन हुने प्रतियोगितामा काठमाडौं उपत्यकाका ८ कलेजका टिम सहभागी छन् । ललितपुर प्याट्रियोट्सका सीईओ निरज कोइरालाका अनुसार […]
म्यानचेस्टर सिटीले बोरुसिया डर्टमन्डबाट अर्लिङ हालान्डलाई अनुबन्ध गर्ने तयारी गरेको छ । स्रोतहरूलाई उद्धृत गर्दै स्पोर्ट्समेल २१ वर्षीय युवा खेलाडी इतिहाद आउने अपेक्षा गरिएको उल्लेख गरेको छ । दुई पक्षबीच व्यक्तिगत रुपमा छलफल भैसकेको र दुई क्लबबीच सम्झौतामा हस्ताक्षर गर्ने तयारी भएको बताइएको छ ।डर्टमन्डसँगको सम्झौतामा हालान्डको ६३ मिलियन पाउण्डको रिलीज क्लज छ । खेलाडीको एजेन्टको शुल्कका साथै साइन-अन बोनस आदि गरेर उनलाई अनुबन्ध गर्न कूल १०० मिलियन पाउण्ड लाग्ने सम्भावना छ।बार्सिलोना र पेरिस सेन्ट-
इटालीमा व्यावसायिक फुटबल खेल्दै आएका नेपाली मुलका युवा खेलाडी विकास मेराग्लियाले च्यासल युथ क्लबबाट सहिद स्मारक ए डिभिजन लिग फुटबल खेल्ने भएका छन् ।शुक्रबार च्यासल युथ क्लबले पत्रकार सम्मेलन गरेर इटालीमा व्यावसायिक खेल खेल्दै आएका युवा खेलाडी विकासले क्लबमा अनुबन्ध गरेको जानकारी गराएको हो । सम्झौता भएसँगै युवा स्ट्राइकर विकासले च्यासल क्लबको जसीमा ए डिभिजन […]
काठमाण्डाै – इटलीमा व्यावसायिक फुटबल खेल्दै आएका नेपाली मूलका युवा खेलाडी विकास मेराग्लियाले च्यासल युथ क्लबबाट शहीद स्मारक ए डिभिजन लिग फुटबल खेल्ने भएका छन् ।
आज (शुक्रवार) च्यासल युथ क्लबले पत्रकार सम्मेलन गरेर इटलीमा व्यावसायिक खेल खेल्दै आएका युवा खेलाडी विकासलाई क्लबमा अनुबन्ध गरेको जानकारी गराएको हो । सम्झौता भएसँगै युवा स्ट्राइकर विकासले च्यासल क्लबको जर्सीमा ए डिभिजन लिग खेल्ने भएका हुन् । विकासले च्यासलसँग एक वर्षका लागि सम्झौता गरेका हुन् ।
नेपालको शीर्ष डिभिजनको लिग कात्तिक २९ गतेदेखि सुरु ...
स्पेनिस महारथी रियल म्याड्रिडले निकै आशा गरिएका फ्रान्सका युवा मिडफिल्डर एडवार्डो कामाभिङ्गालाई रेनेसबाट ६ वर्षका लागि अनुबन्ध गरेको छ । १८ वर्षीय खेलाडीसँग फ्रेन्च क्लबबीचको करार अर्को वर्ष सकिँदै थियो । लिग वान क्लबले उनलाई सित्तै जान दिन चाहेको थिएन । सन् २०१९ मा कामाभिङ्गा रेनेसका लागि डेब्यू गर्ने सबैभन्दा युवा खेलाडी बनेका थिए । उनी त्यतिबेला मात्र १६ वर्ष र ४ महिना उमेरका थिए । त्यसपछि उनले आफूलाई पहिलो रोजाइको खेलाडीमा स्थापित गर्दै दुई सिजनमा लिगका ६० खेल खेले ।सन् २०२० को सेप्टेम्
एजेन्सी। आर्सनलले बेनफिकाका रक्षक नुनो टाभरेसलाई ८० लाख पाउन्डमा अनुबन्ध गरेको छ। २१ वर्षे रक्षक टाभरेसले गत सिजन युरोपा लिगमा आर्सनलविरुद्ध खेलेका थिए। उनले लिस्बन क्लबको सिनियर टिमबाट २५ खेल खेलेका थिए। टाभरेसले पोर्चुगल यु–२१ टिमबाट खेलेका छन्। आर्सनलका प्रशिक्षक मिकेल आर्टेटाले भने, ‘उनी लगनशील युवा खेलाडी हुन्। उनको आगमनले टिमको रक्षापंक्ति थप मजबुत भएको छ।’
२४ पुस, काठमाडौं । लण्डन क्लब आर्सनलले युवा खेलाडी ओमार रेकीकलाई अनुबन्ध गरेको छ । म्यानचेस्टर सिटी र पीएसभीका युवा खेलाडी रहिसकेका ओमारलाई आर्सनलले हेर्था बर्लिनबाट भित्र्याएको हो । १९ वर्षे ओमारलाई आर्सनलले २३ वर्ष मुनीको टिममा भित्र्याएको छ । आर्सनलले ओमारलाई ५ लाख ४० हजार पाउण्डमा अनुबन्ध गरेकाे हाे । जर्मन क्लव हेर्था बर्लिनमा […]