नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले फेरि आउने बताएका छन् । बुधबार ओलीको ७१ औं जन्मोत्सवका अवसरमा ‘समवेत दृष्टि’ नामक पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आफु देश र जनताकै लागि संघर्ष गरिरहेको र जनताकै बलमा एमाले अध्यक्ष र प्रधानमन्त्री समेत भएको भन्दै एमालेमाथि अहिले जालझेल भएपनि जनताले पुन एमालेलाई नै ल्याउने दावी गरे ।‘देश र जनताका लागि बनेको पार्टी भएकाले एमालेलाई फेरि जनताले नै राज्य सञ्चालन गर्ने ठाउमा पुर्याउनेछन्’ आफु जेलमा पर्दा पनि जनता