स्पेनिस ला लिगाको मध्यम टोली भिल्लारियललाई तुलनात्मक रुपमा कमजोर टोली इल्चेको नमिठो झट्का लागेको छ । आइतबार राति भएको खेलमा भिल्लारियल इल्चेसँग १–० गोलले पराजित भयो । प्रतिस्पर्धात्मक खेलमा इल्चेलाई जिताउन अतिरिक्त खेलाडी लुकास वोयले गोल गरे । लुकासले ७८औं मिनेटमा जेरार्ड गुमबउको पासमा गोल गरेका थिए । लुकास ६६औं मिनेटमा लुकास पेरेजको स्थानमा मैदान प्रवेश गरेका थिए ।५१ प्रतिशत बल पोसेसन राखेपनि भिल्लारियलले गोल गर्न सकेन । खेलभर नौ वटा पोस्ट प्रहार गरेको भिल्लारियलको प्रयासमा इल्चेका गोलरक्