कांग्रेस सभापतिको निर्वाचन दोस्रो चरणमा प्रवेश गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रकाशमान सिंह र विमलेन्द्र निधि दुवैको समर्थन लिएका छन् । पहिलो चरणमा देउवासँगै नेतृत्व परिवर्तनको एजेन्डा लिएर प्रतिस्पर्धामा उत्रिएका उनीहरू दोस्रो चरणमा देउवासँगै एकैठाउँमा उभिएका हुन् ।