काठमाडौं, २७ चैत। संघीय संसद अन्तर्गत आज दुवै सदनको बैठक दिउँसो १ बजे बस्नेछ। आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस गर्ने, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त सार्वजनिक सेवा प्रशारण विधेयक,२०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचि रहेको छ। राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्रीले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन पेस गर्नेछन्।