लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले किसानसँग वार्ता गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । तराईमा मलखाद्यदेखि बिउविजनसम्म मागेर किसानहरू आन्दोलित भएका बेला सरकारले दमन गरेको भन्दै उनले आपत्ति समेत जनाएका छन् ।शनिबार विज्ञप्ति जारी गरेर महतोले भनेका छन्, ‘विगत दुई सातादेखि मलखाद, बिउविजन, सिंचाई, उखु किसानको भुक्तानी लगायतको माग राख्दै जारी किसान आन्दोलनका माग सम्बोधन गर्नुको सट्टा सरकारले गरिरहेको दमनको घोर भर्त्सना गर्दछु ।’किसानहरू सडकमा उत्रिए पनि स