एमसीसीले पठायो नेपाल सरकारलाई जवाफ : 'कुनै सैन्य रणनीति होइन'

काठमाण्डौ - अमेरिकी सहयोग परियोजना (एमसीसी) ले यस आयोजनामा कुनै सैन्य गठबन्धनको कुरा नरहेको स्पष्ट गरेको छ ।  नेपाल सरकारले यस परियोजनालाई सोधेका सबै प्रश्नको जवाफ दिँदै एमसीसीको ‘डिपार्टमेन्ट अफ कम्प्याक्ट अपरेसन्स्’ की उपाध्यक्ष फातेमा जे सुमारले अर्थ मन्त्री जनार्दन शर्मालाई सम्बोधन गरेर सो जवाफ दिनुभएको हो । उहाँले मन्त्री शर्मालाई पत्र लेख्दै एमसीसीभित्र कुनै लुकेको एजेन्डा नभएको स्पष्ट गर्दै यसबारेमा नेपालमा गलत हल्ला मात्र फैलाइएको बताउनुभएको छ । यस परियोजनाले नेपाल सरकारलाई पठाएको जवाफमा नेप...

सम्बन्धित सामग्री

एमसीसी सम्झौता नेपालको संविधानभन्दा माथि छैन  : अमेरिका

भदौ २४, काठमाडौं । मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) बारे नेपाल सरकारबाट सोधेका प्रश्नहरूमा मिलेनियम च्यालेन्ज कर्पोरेसनले जवाफ दिएको छ ।  सम्झौताका विषयमा मिलेनियम च्यालेन्ज कर्पोरेसनले नेपाल सरकारले सोधेका प्रश्नको बुधवार जवाफ पठाउँदै यो सम्झौता नेपालको संविधानभन्दा माथि नरहेको प्रष्ट पारेको हो। ‘नेपालको संविधान एमसीसी नेपाल कम्प्याक्टभन्दा माथि छ’, जवाफमा उल्लेख गरिएको छ।  नेपालले अमेरिकाले दिने सहयोगलाई अन्तरराष्ट्रिय सम्झौता भन्नुपर्ने कारण किन परेको हो भन्दै त्यसले नेपालको संविधान र कानूनलाई कमजोर पार्न सक्ने आंशका व्यक्त गर्दै प्रश्न सोधेको थियो ।   यसमा कर्पोरेसनले सबै साझेदार देशहरूमा भएका सम्झौता अन्तरराष्ट्रिय कानूनका सिद्धान्तद्वारा निर्देशित भएको र कार्यान्वयनमा अड्चन नआओस् भन्नका लागि त्यस्तो व्यवस्था गरिएको उल्लेख गरेको छ।   त्यसैगरी, स्थानीय कानूनको कुनै निश्चित प्रावधानसँग बाझिने विरलै अवस्था बाहेक यो सम्झौता नेपालको कानून अनुसार नै अघि बढ्ने उल्लेख गरिएको छ।   कम्प्याक्ट अन्तर्गतका परियोजना आपसी सहमतिका शर्त तथा नेपालको संविधान अनुसार अघि बढ्ने पनि जवाफमा उल्लेख गरिएको छ।   सम्झौतामा नेपालको अहित हुने विषय नरहेको कर्पोरेसनले पत्रमा उल्लेख गरेको छ।  एमसीसी अन्तर्गत आउने सहयोग नितान्त निस्स्वार्थ सहयोग रहेको तथा यो सैन्य रणनीति अन्तर्गत नरहेको कर्पोरेसनले पठाएको जवाफमा उल्लेख छ।  त्यस्तै, अमेरिकाले एमसीसी सम्झौता (कम्प्याक्ट) को कुनै पनि सैन्य वा सुरक्षा रणनीति बीच सम्बन्ध नरहेको बताएको छ।   ‘एमसीसीलाई लागू हुने अमेरिकी कानून (मिलेनियम च्यालेन्ज ऐन २००३) ले कुनै पनि सैन्य प्रयोजनका निम्ति अनुदान कोषको प्रयोग गर्नबाट एमसीसीलाई निषेध गरेको छ’, नेपाललाई पठाएको जवाफमा एमसीसीले भनेको छ, ‘यस कम्प्याक्ट र कुनै सैन्य गठबन्धन वा सुरक्षा रणनीतिका बीच कुनै सम्बन्ध छैन।’

एमसीसी : नेपालको प्रश्न, अमेरिकाको जवाफ (पूर्ण पाठसहित)

काठमाण्डाै – अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले नेपालले पठाएको प्रश्नको जवाफ दिँदै एमसीसी कुनै सैन्य रणनीति अन्तर्गत नरहेको बताएको छ । साथै उसले २०१७ मा हस्ताक्षर भएको सम्झौतामा अहिले आएर संशोधन गर्न नसकिने समेत बताएको छ । एमसीसी परियोजनाबारे बुझ्न भन्दै एमसीसीकी उपाध्यक्ष फातिमा सुमर नेपाल आउने तय भएपछि अर्थ मन्त्रालयले सम्झौताबारे उठेका प्रश्नहरुबारे प्रष्ट पार्न भनेको थियो । एमसीसीका उपाध्यक्ष फतिमा सुमानर नेपाल आउनुभन्दा एक दिन अगाडि अमेरिकाले राजदूतावासमार्फत स्पष्टीकरण दिएको ह...

‘एमसीसी सैन्य रणनीति अन्तर्गत होइन, संशोधन गर्न मिल्दैन’

२३ भदौ, काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले नेपालले उठाएका प्रश्नको जवाफ दिँदै एमसीसी कुनै सैन्य रणनीति अन्तर्गत नरहेको बताएको छ । साथै उसले २०१७ मा हस्ताक्षर भएको सम्झौतामा अहिले आएर संशोधन गर्न नसकिने समेत प्रष्ट पारेको छ । नेपाली समाज एमसीसीको पक्ष र विपक्षमा विभाजित छ । न संसदबाट  एमसीसी […]