घरायसी झगडामा आफैमाथि आगो लगाउने महिलाको उपचारको क्रममा निधन

विराटनगर – घरायसी झगडामा आफ्नै शरीरमा आगो लगाएकी महिलाको मृत्यु भएको छ। आफ्नो शरीरमा मट्टितेल खनाएकी ४० वर्षीया आशा शर्माको उपचारको क्रममा मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय, मोरङका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालका अनुसार विराटनगर महानगरपालिका–१० तीनटोलियामा आफ्नै शरीरमा आगो लगाएकी शर्माको उपचारका क्रममा मृत्यु भएको हो। उनका अनुसार बुधबार राति ९ बजेतिर पति राजकुमार […]

सम्बन्धित सामग्री

नगरपालिकामा पुगेर आफैंलाई पेट्रोल छर्किएकी महिलाको उद्धार

६ पुस, भद्रपुर । वैदेशिक रोजगारीका लागि दुबई गएका श्रीमान् अकबर अन्सारी अलपत्र परेपछि उद्धार गरिदिन सरकारले पहल नगरेको भन्दै एक महिलाले झापामा आफैंलाई आगो लगाउने प्रयास गरेकी छन् । भद्रपुर नगरपालिकाको कार्यालयमा पुगेर पेट्रोल छर्किन थालेपछि त्यहाँ उपस्थित व्यक्तिहरुले उद्दार गरेको जिल्ला प्रहरी कार्यालय, झापाका डीएसपी खगेन्द्र रिजालले बताए । उनले भने, ‘उहाँको श्रीमान् […]

श्रीमान्‌सँग विवाद हुँदा आफैमाथि आगो लगाउने शर्माको निधन

विराटनगर- घरायसी झगडामा आफ्नै शरीरमा आगो लगाएकी महिलाको मृत्यु भएको छ। आफ्नो शरिरमा मट्टितेल खनाएकी ४० वर्षीया आशा शर्माको उपचारको क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार विराटनगर महानगरपालिका–१० तीनटोलियामा आफ्नै शरीरमा आगो लगाएकी शर्माको उपचारका क्रममा मृत्य...

बारीमा झाडी बनेको 'बाँकोको गुन्द्रुक' किलोको दुई हजार रुपैयाँ, हङकङसम्म निर्यात

बलेवा । वनमा खेर गइरहेको बाँको अहिले भान्सा भान्सामा पुगेको छ । सिपालुको हात लागेपछि बाँको गुन्द्रुक बन्छ । बारीमा झाडी बनेको सिस्नोको माग पनि अधिक छ । सीप सिकेका महिला सिस्नोको धुलो बनाउँछन् । प्याकिङपछि सिस्नो सबैको भान्सामा पुग्छ । तरकारीका लागि मात्रै प्रयोग गरिने आलु खाजा बनेको छ । चिप्स बनाएपछि आलुको मूल्य दोब्बर पर्छ । बागलुङको जैमिनी नगरपालिका–३ दमेकका उद्यमीको परिचय यिनै उत्पादनले बदलेको छ ।  यहाँका किसानले उत्पादन गरेको बाँको, सिस्नो र आलु चिप्सको माग बजारमा बढ्दो छ । वनजङ्गल र घरआँगनमा खेर गइरहेको सिस्नोलाई सङ्कलन गरी पाउडर बनाइन्छ । पहिले तरकारीका रूपमा एकाध प्रयोग हुने बहुगुणी सिस्नोको बजारीकरणमा जैमिनी नगरपालिकाले सघाएको छ । नगरपालिकाले सिस्नोको धुलो बनाउने आधारभूत तालिम र मेसिनसमेत सहयोग गरेपछि महिला उद्यमी उत्साहित छन् । 'यो वर्षमात्रै दुई हजार किलो सिस्नो पाउडर तयार भयो, माग धान्नै सकिएन,' गाजादह सिस्नो पाउडर उत्पादन समितिका अध्यक्ष तारादेवी पुनले भनिन्, 'अब सिस्नो उत्पादनमा लाग्नुपर्ने भयो ।' पहिले छुँदा पोल्ने सिस्नोलाई झाडीका रूपमा पन्छाएर आगो लगाउने किसानले अहिले सिस्नो जोगाउन थालेका छन् । 'बाँझो जग्गामा सिस्नो लगाउने योजना छ, आफैँ उम्रिएको सिस्नोले अब पुग्दैन,' पुनले भनिनन्, 'सामान्य प्रचार हुँदामात्रै देश–विदेशबाट माग आयो ।' चितवन, काठमाडौं, पोखरा र हङकङका बजारमा दमेकको सिस्नो पुगेको उनले बताइन्। यसले स्थानीय महिलाको आम्दानी पनि राम्रो भएको छ । पाउडरका रूपमा उत्पादन गरिने सिस्नो विभिन्न खानाका परिकारसँग खान मिल्ने र स्वास्थ्यलाई समेत फाइदा पुग्ने भएकाले माग बढ्दै गएको हो । प्रतिकेजी रु ६ सय ५० मा सिस्नोको धुलो बिक्री भइरहेको पुनले बताइन् । सिस्नोको धुलोजस्तै बाँकोको गुन्द्रुक पनि दमेकको परिचय बनेको छ । छुँदा चिलाउने बाँकोलाई किसानले सावधानीपूर्वक टिपेर गुन्द्रुक बनाउँछन् । त्यही गुन्द्रुकले प्राङ्गारिक स्वाद दिन्छ । 'हामीले यो वर्ष व्यावसायिक उत्पादनको प्रयास थाल्यौँ, प्रशोधन र प्याकिङमा नगरपालिकाले सहयोग गरेको छु,' स्थानीय कृष्णबहादुर छन्त्यालले भने, 'गाउँ आउनेले बोकेर जानुहुन्छ, बजारबाट आएको माग पूरा गर्न सकिएको छैन ।' बाँको सबै याममा पाइँदैन । किसानले वर्षायाममा जङ्गलबाट बाँको घर भित्र्याउँछन्, गुन्द्रुक बनाउँछन् । बाँकोको गुन्द्रक १०० ग्रामलाई २०० रुपैयाँमा विक्री हुने गरेको छ । 'धान फल्दैन, कोदो, मकै र गहुँ कम फल्छ, हाम्रो मुख्य उत्पादन आलु हो, अहिले गुन्द्रुकले आम्दानीसँग जोडेको छ,' छन्त्यालले भने ।   खानाको स्वादका लागि निकै राम्रो मानिने दमेकको आलुले पनि स्वरुप फेरिएपछि मूल्य पाउन थालेको छ । किसानले बर्सेनि उत्पादन गर्ने आलु कहिले खाद्यान्नसँग साटेर त कहिले विक्री गरेर खर्च चलाउँथे । पछिल्लो समय वडा र नगरले चिप्स बनाउन सिकाएको छ । किसानले आलुको चिप्स बनाउन थालेपछि आलुको सटही र विक्री गर्दाभन्दा दोब्बर मूल्य पर्ने गरेको स्थानीय इन्दिरा थापाले बताइन् । 'स–साना उत्पादन गरेरै भए पनि नागरिकलाई उद्यमी बनाउने प्रयासमा छौं' वडाध्यक्ष कृष्णबहादुर भुजेल भन्नुहुन्छ, 'आलु चिप्स वडाका विद्यालय, कार्यालय र सार्वजनिक कार्यक्रममा खाजाका रूपमा प्रयोगमा ल्याएर भए पनि यसको प्रवर्द्धन गर्छौँ ।' रासस

देवरले पेट्राेल छर्केर भाउजूलाई आगाे लगाए, उपचारका क्रममा ज्यान गयाे

सप्तरी – सप्तरीमा आफ्नै देवरले आगो लगाएर घाइते भएकी एक महिलाको आज आइतवार ज्यान गएको छ । बोदेबरसाईन नगरपालिका वडा नम्बर १ का परमेश्वर साहले भाउजू राजकुमारी साहको शरीरमा पेट्रोल छर्केर आगो लगाएको राजकुमारीको श्रीमान् रविनले बताउनुभएकाे प्रहरीले जनाएको छ । भाउजुलाई आगो लगाउने साह फरार रहेका र खोजी भइरहेको सप्तरीका प्रहरी प्रवक्ता डिएस्पी माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । अस्ति शुक्रवार बिहान घरमै काम गरिरहेका बेला २० वर्षका परमेश्वरले २७ वर्षीया राजकुमारीको शरीरमा आगो लगाएका थिए । गम्भीर ...

यी मानसिक रोगीले बसमा चढेर महिलाको कपालमा लगाउन खोजे आगो (भिडियो)

अमेरिकाको सान फ्रान्सिस्कोमा एक अज्ञात व्यक्तिले बसको सीटमा बसिरहेकी एक महिलाको कपालमा पछाडिबाट आगो लगाउने प्रयास गरेका छन् ।  ती महिलाको भन्दा पछाडिको सीटमा बसेर ती पुरुषले लाइटर बाले अनि महिलाको कपालको पछिल्तिरको भागमा आगो लगाउन खोजे ।  महिलाको कपाल अलिकति डढेको भए पनि उनलाई घटनाका कारण चोटपटक लागेको छैन ।  मानसिक समस्या भएको अपराधीलाई खोज्न प्रहरीले हरसम्भव प्रयास गरिरहेको छ ।    Police appeal for information after woman's hair is set alight on a bus pic.twitter.co...

यी मानसिक रोगीले बसमा चढेर महिलाको कपालमा लगाउन खोजे आगो (भिडियो)

अमेरिकाको सान फ्रान्सिस्कोमा एक अज्ञात व्यक्तिले बसको सीटमा बसिरहेकी एक महिलाको कपालमा पछाडिबाट आगो लगाउने प्रयास गरेका छन् ।  ती महिलाको भन्दा पछाडिको सीटमा बसेर ती पुरुषले लाइटर बाले अनि महिलाको कपालको पछिल्तिरको भागमा आगो लगाउन खोजे ।  महिलाको कपाल अलिकति डढेको भए पनि उनलाई घटनाका कारण चोटपटक लागेको छैन ।  मानसिक समस्या भएको अपराधीलाई खोज्न प्रहरीले हरसम्भव प्रयास गरिरहेको छ ।    Police appeal for information after woman's hair is set alight on a bus pic.twitter.co...