बारीमा झाडी बनेको 'बाँकोको गुन्द्रुक' किलोको दुई हजार रुपैयाँ, हङकङसम्म निर्यात

बलेवा । वनमा खेर गइरहेको बाँको अहिले भान्सा भान्सामा पुगेको छ । सिपालुको हात लागेपछि बाँको गुन्द्रुक बन्छ । बारीमा झाडी बनेको सिस्नोको माग पनि अधिक छ । सीप सिकेका महिला सिस्नोको धुलो बनाउँछन् । प्याकिङपछि सिस्नो सबैको भान्सामा पुग्छ । तरकारीका लागि मात्रै प्रयोग गरिने आलु खाजा बनेको छ । चिप्स बनाएपछि आलुको मूल्य दोब्बर पर्छ । बागलुङको जैमिनी नगरपालिका–३ दमेकका उद्यमीको परिचय यिनै उत्पादनले बदलेको छ ।  यहाँका किसानले उत्पादन गरेको बाँको, सिस्नो र आलु चिप्सको माग बजारमा बढ्दो छ । वनजङ्गल र घरआँगनमा खेर गइरहेको सिस्नोलाई सङ्कलन गरी पाउडर बनाइन्छ । पहिले तरकारीका रूपमा एकाध प्रयोग हुने बहुगुणी सिस्नोको बजारीकरणमा जैमिनी नगरपालिकाले सघाएको छ । नगरपालिकाले सिस्नोको धुलो बनाउने आधारभूत तालिम र मेसिनसमेत सहयोग गरेपछि महिला उद्यमी उत्साहित छन् । 'यो वर्षमात्रै दुई हजार किलो सिस्नो पाउडर तयार भयो, माग धान्नै सकिएन,' गाजादह सिस्नो पाउडर उत्पादन समितिका अध्यक्ष तारादेवी पुनले भनिन्, 'अब सिस्नो उत्पादनमा लाग्नुपर्ने भयो ।' पहिले छुँदा पोल्ने सिस्नोलाई झाडीका रूपमा पन्छाएर आगो लगाउने किसानले अहिले सिस्नो जोगाउन थालेका छन् । 'बाँझो जग्गामा सिस्नो लगाउने योजना छ, आफैँ उम्रिएको सिस्नोले अब पुग्दैन,' पुनले भनिनन्, 'सामान्य प्रचार हुँदामात्रै देश–विदेशबाट माग आयो ।' चितवन, काठमाडौं, पोखरा र हङकङका बजारमा दमेकको सिस्नो पुगेको उनले बताइन्। यसले स्थानीय महिलाको आम्दानी पनि राम्रो भएको छ । पाउडरका रूपमा उत्पादन गरिने सिस्नो विभिन्न खानाका परिकारसँग खान मिल्ने र स्वास्थ्यलाई समेत फाइदा पुग्ने भएकाले माग बढ्दै गएको हो । प्रतिकेजी रु ६ सय ५० मा सिस्नोको धुलो बिक्री भइरहेको पुनले बताइन् । सिस्नोको धुलोजस्तै बाँकोको गुन्द्रुक पनि दमेकको परिचय बनेको छ । छुँदा चिलाउने बाँकोलाई किसानले सावधानीपूर्वक टिपेर गुन्द्रुक बनाउँछन् । त्यही गुन्द्रुकले प्राङ्गारिक स्वाद दिन्छ । 'हामीले यो वर्ष व्यावसायिक उत्पादनको प्रयास थाल्यौँ, प्रशोधन र प्याकिङमा नगरपालिकाले सहयोग गरेको छु,' स्थानीय कृष्णबहादुर छन्त्यालले भने, 'गाउँ आउनेले बोकेर जानुहुन्छ, बजारबाट आएको माग पूरा गर्न सकिएको छैन ।' बाँको सबै याममा पाइँदैन । किसानले वर्षायाममा जङ्गलबाट बाँको घर भित्र्याउँछन्, गुन्द्रुक बनाउँछन् । बाँकोको गुन्द्रक १०० ग्रामलाई २०० रुपैयाँमा विक्री हुने गरेको छ । 'धान फल्दैन, कोदो, मकै र गहुँ कम फल्छ, हाम्रो मुख्य उत्पादन आलु हो, अहिले गुन्द्रुकले आम्दानीसँग जोडेको छ,' छन्त्यालले भने ।   खानाको स्वादका लागि निकै राम्रो मानिने दमेकको आलुले पनि स्वरुप फेरिएपछि मूल्य पाउन थालेको छ । किसानले बर्सेनि उत्पादन गर्ने आलु कहिले खाद्यान्नसँग साटेर त कहिले विक्री गरेर खर्च चलाउँथे । पछिल्लो समय वडा र नगरले चिप्स बनाउन सिकाएको छ । किसानले आलुको चिप्स बनाउन थालेपछि आलुको सटही र विक्री गर्दाभन्दा दोब्बर मूल्य पर्ने गरेको स्थानीय इन्दिरा थापाले बताइन् । 'स–साना उत्पादन गरेरै भए पनि नागरिकलाई उद्यमी बनाउने प्रयासमा छौं' वडाध्यक्ष कृष्णबहादुर भुजेल भन्नुहुन्छ, 'आलु चिप्स वडाका विद्यालय, कार्यालय र सार्वजनिक कार्यक्रममा खाजाका रूपमा प्रयोगमा ल्याएर भए पनि यसको प्रवर्द्धन गर्छौँ ।' रासस

सम्बन्धित सामग्री

उपत्यकामा दुई हजार खसी–बोका र एक हजार च्यांग्रा ल्याउँदै सरकार

सरकारी स्वामित्वमा रहेको नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैँलाई लक्षित गरेर दुई हजार खसी र एक हजार च्यांग्रा ल्याउने भएको छ । कम्पनीले अघिल्लो वर्षभन्दा पाँच सय बढी खसी–बोका र...

डेङ्गीका बिरामी चार हजार नाघे, सुनसरीमा मात्र दुई हजार पाँच सय

काठमाडौँ – डेङ्गीका बिरामी चार हजार नाघेका छन् । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक रुद्रप्रसाद मरासिनीले लगातार परिरहेको पानीका कारण र सरसफाइमा ध्यान नदिँदा सङ्क्रमण दैनिक बढिरहेको बताए । उनका अनुसार चार हजार दुई सय ८९ जनामा डेङ्गीका बिरामी भएका छन् । महाशाखाका अनुसार असार ३० गते दुई हजार नौ सय ३० जनामा […]

त्रिभुवन विश्वविद्यालय : विद्यार्थी ३ लाख ८० हजार, शिक्षक ६ हजार

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा १६ हजार भन्दा बढी शिक्षक तथा कर्मचारीको दरबन्दी छ । तर, १० हजार जना मात्रै कार्यरत छन् । त्रिभुवन विश्वविद्यालयको तथ्याङ्क अनुसार शिक्षक र कर्मचारीको १६ हजार ६२ दरबन्दी छ ।

सात महिनामा दुई लाख ८२ हजार पर्यटक

- जनवरी १७ हजार - फेब्रुअरी २० हजार - मार्च ४२ हजार - अप्रिल ५८ हजार - मे ५३ हजार - जुन ४६ हजार - जुलाई ४४ हजार

एमालेका ३३ हजार र काँग्रेसका ३१ हजार उम्मेदवार

काठमाडौँ । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेले सबैभन्दा धेरै पदमा उम्मेदवारी दिएको छ । नगरपालिकाको मेयर र उपमेयर, गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष, वडाध्यक्ष र वडा सदस्यमा गरी एमालेका करिब ३३ हजार जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । नेपाली काँग्रेसका ३१ हजार, नेकपा माओवादी केन्द्रका २२ हजार, राप्रपा र स्वतन्त्र उम्मेदवार […]

भारतमा ६ हजार संक्रमित थपिए, ४ हजार निको

काठमाडौँ – भारतमा थप ६ हजार १६२ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ४ हजार ५५६ जना कोरोनामुक्त भएका छन् भने १७३ संक्रमितको मृत्यु भएको छ। यससँगै भारतमा सक्रिय संक्रमितको संख्या ८७ हजारमा झरेको छ। यस्तै पछिल्लो एक दिनमा जर्मनीमा एक लाख ९८ हजार, रुसमा ९७ हजार, फ्रान्समा ५७ हजार, टर्कीमा ५६ […]

१७ हजार शिक्षकका लागि दुई लाख ४० हजार आवेदन

२५ माघ, काठमाडौं। शिक्षक सेवा आयोगले खुलाएको विभिन्न तहको १७ हजार २३३ शिक्षक पदका लागि दुई लाख ४० हजार ४५२ जनाको आवेदन परेको छ । विभिन्न मितिमा माध्यामिक, निम्न माध्यामिक र प्राथमिक तहमा १७ हजार २३३ शिक्षक पदका लागि उक्त संख्यामा उम्मेदवारको आवेदन परेको आयोगका प्रवक्ता सुदर्शन मरहठ्ठाले जानकारी दिए । उनका अनुसार आयोगले एक […]

३ लाख १८ हजार संक्रमित थप, २ लाख ६७ हजार निको

काठमाडौँ– विश्वभर पछिल्लो २४ घण्टामा ३ लाख १८ बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । ओल्डोमिटरको पछिल्लो विवरणअनुसार ३ लाख १८ हजार ५५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसअनुसार सबैभन्दा धेरै बेलायतमा ३९ हजार ९६२, रुसमा ३५ हजार ६६०, टर्कीमा २४ हजार ७९२, अमेरिकामा १७ हजार ५८०, भारतमा १४ हजार ६४१ र ब्राजिलमा […]

तीन हजार ६११ मा सङ्क्रमण पुष्टि- एक हजार ८१६ सङ्क्रमणमुक्त

पछिल्लो २४ घण्टामा नेपालमा तीन हजार ६११ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नौ हजार ७८३ पीसीआर परीक्षणमा दुई हजार ४६७ र चार हजार ८७८ एन्टिजेन परीक्षणमा एक हजार १४५ जना गरी कूल तीन हजार ६११ जनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना …

प्रदेश नं १ मा ३० हजार सङ्क्रमित, २९ हजार निको

प्रदेश नं १ मा कोरोना सङ्क्रमितको सङ्ख्या २९ हजार नाघेको छ । प्रदेशमा पछिल्लो २४ घण्टाको १६ जना सङ्क्रमित थपसँगै  अहिलेसम्म जम्मा सङ्ख्या २९ हजार ८५५ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।    मोरङमा १३ हजार ११२, सुनसरीमा आठ हजार ९४७, झापामा चार हजार ६४६, उदयपुरमा ४९४, इलाममा ४७२, सङ्खुवासभामा ३४१, धनकुटामा २०७, पाँचथरमा १४५, ताप्लेजुङमा १२०, तेह्रथुममा ११९, खोटाङमा ९६, भोजपुरमा ८५, ओखलढुङ्गामा ४७, सोलुखुम्वुमा ३७ जनामा सङ्क्रमण देखिएको मन्त्रालयका कोभिड–१९ निगरानी,