चारजना यात्रु बेपत्ता : जिप भेटियो, मान्छे भेटिएनन्

पाल्पा, २७ असार । तीन दिनअघि पाल्पाको तिनाउ खोलाले बगाएको जिप आज भेटिए पनि त्यसमा सवार चारजना यात्रु अझै भेटिएका छैन् । तिनाउ खोलामा आएको बाढीले आइतबार लु१ज १७१२ नम्बरको जिप ...

सम्बन्धित सामग्री

ताप्लेजुङ पहिरोमा बेपत्ता तीन जना अझै भेटिएनन्

गत शुक्रबार रात ताप्लेजुङ सिदिङ्वा गाउँपालिका–६ मेहेले गएको पहिरोमा परी बेपत्ता भएकाहरूको अझै भेटिएका छैनन्। उनीहरुको स्थानीय र नेपाल प्रहरीले खाजी जारी राखेका छन्।...

शुक्रबारदेखि महाकालीमा बेपत्ता दुई किशोरी अझै भेटिएनन्

बैतडी, साउन २९ । शुक्रबार महाकाली नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई किशोरी अझै भेटिएका छैनन्। जिल्लाको दशरथचन्द नगरपालिका– ८ का १६ वर्षीया कविता टमटा र १५ वर्षीया संगीता टमटा नदीमा बगेपछि अहिलेसम्म बेपत्ता रहेको निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले बताए। उनीहरूको खोजीका लागि महाकाली नदी किनारमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको […]

अझै भेटिएनन् महाकालीमा बेपत्ता किशोरीहरू

काठमाडौं : महाकाली नदीमा बगेर बेपत्ता भएका किशोरीहरू अझै भेटिएका छैनन्। बैतडीको दशरथचन्द नगरपालिका-८ की १६ वर्षीया कविता टमटा र १५ वर्षकी संगीता टमटा हिजो महाकाली नदीमा बगेर बेपत्ता भएका थिए।आज पनि बिहानै देखि सुरक्षाकर्मीसहित स्थानीयले खोजी गरिराखेको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिए। महाकाली नदीमा नुहाउने क्रममा नदीस्थित नगतडीबाट हिजो दिउँसो १ बजेदेखि बेपत्ता भए पनि प्रहरी र प्रशासनलाई भने साँझ मात्रै सूचना पुगेको भारतीले बताए।

बेपत्ता शिक्षकको कोट भेटियो, मान्छे भेटिएनन्

दाचुला । दार्चुलामा गत सोमबार देखी बेपत्ता भएका एक शिक्षक अझै भेटिएका छैनन् । जिल्लाको नौगाड गाउँपालिका—१ का शिक्षक हरकसिंह ठगुन्ना अझै सम्पर्कमा आएका छैनन् । भूमिराज माविमा कार्यररत शिक्षक गत असार २७ गते सोमबार साँझ छिमेकी गाउँ सल्लास्थित एक घरमा विहे भोजमा गएका थिए । घर फर्किने क्रममा उनी बेपत्ता भएको भन्दै परिवारका सदस्यहरुले […] The post बेपत्ता शिक्षकको कोट भेटियो, मान्छे भेटिएनन् appeared first on राजधानी राष्ट्रिय दैनिक.

एक महिनादेखि खुम्बुमा बेपत्ता विदेशी पर्यटक अझै भेटिएनन्

सोलुखुम्बुको खुम्बु क्षेत्रमा बेपत्ता दुई विदेशी पर्यटकको खोजीकार्य प्रतिकुल मौसमका कारण प्रभावित भएको छ । गएको जेठ ५ गते खुम्बु भ्रमणमा आएका भारतीय नागरिक ३१ वर्षीय सिरनाथ चन्द्र मोहन र...

पौडी खेल्दा बेपत्ता बालक भेटिएनन्

तनहुँको घिरिङ गाउँपालिका–१ पुट्टारस्थित कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा सोमबार बेपत्ता भएका बालक फेला परेका छैनन् । बेपत्ता हुनेमा घिरिङ गाउँपालिका–५ धेनुङका १२ वर्षिय ईश्वर विक रहेको प्रहरीले जनाएको छ ।सोमबार दिउँसोदेखि बेपत्ता बालक अझै फेला पर्न नसकेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । बेपत्ता बालकको आज पनि खोजीकार्य जारी छ । पुट्टारबाट स्याउलीबजार जोडिएको झोलुङ्गे पुलबाट केही तल तीन जना पौडी खेल्न गएकामा विक नदीले बगाएर बेपत्

अझै भेटिएनन् भेरी नदीमा बेपत्ता भएका बालबालिका

भेरी नदीमा शनिबार बेपत्ता भएका सुर्खेतका बालबालिका अझै भेटिएका छैनन्। भेरिगंगा नगरपालिका–११ रामघाटस्थित रानीबगर घाटस्थित भेरी नदीमा नुहाउने क्रममा शनिबार साँझ पाँच बजेतिर ३ जना बालबालिका बेपत्ता भएका थिए ।  बेपत्ता हुनेहरूमा भेरीगंगा नगरपालिका–११ का १० वर्षीया गंगा खड्का, ८ वर्षीय कृष्णा सिंजाली र  १० वर्षीय दिनेश बुढा रहेका छन्। उनीहरुको खोजी कार्य निरन्तर भएपनि अहिलेसम्म कुनै अत्तोपत्तो लाग्न नसकेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डीएसपी रामप्रसाद घर्ती

भेरीमा बेपत्ता ३ बालबालिका अझै भेटिएनन्, गोताखोरले खोजी गर्ने

काठमाडौँ । सुर्खेतको भेरी नदीमा नुहाउने क्रममा बेपत्ता भएका तीन बालबालिका अझै फेला परेका छैनन्। सुर्खेतको भेरिगंगा नगरपालिका–११ रामघाटस्थित रानी बगर घाट भेरी नदीमा नुहाउने क्रममा ३ जना बालबालिका शनिवार बेपत्ता भएका हुन्। शनिवार साँझ ५ बजेको समयमा उनीहरू बेपत्ता भए पनि हालसम्म फेला नपरेपछि सशस्त्र प्रहरीको गोताखोरले आजबाट खोजी गर्ने जिल्ला प्रहरी कार्यालय सुर्खेतका […]

नदीमा बेपत्ता रामसिंह अझै भेटिएनन्

सुर्नया नदीमा बगेर शुक्रबार बेपत्ता भएका बैतडीका एक व्यक्ति अझै भेटिएका छैनन् । जिल्लाको शिवनाथ गाउँपालिका–५ बारुका ४२ वर्षीय रामसिंह साउद शुक्रबार दिउँसो १ बजेतिर सुर्नया नदी तर्ने क्रममा स्थानीय जयते खोला नजिकबाट साउद बेपत्ता भएका थिए । बेपत्ता रहेका रामसिंहको अवस्था अज्ञात रहेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए । बेपत्ता साउदको प्रहरी र स्थानीयवासीले खोजी जारी राखेका भए पनि लगातारको वर्षाले समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । केह

कालीगण्डकीमा बेपत्ता दुई बालक अझै भेटिएनन्

बागलुङ नगरपालिका–१ निरयघाटस्थित कालिगण्डकी नदीमा गत बिहीबार दिउँसो पौडी खेल्ने क्रममा बगेर बेपत्ता भएका यहाँका दुई बालकको स्थिति अझै पत्ता लाग्न सकेको छैन । नदीमा बेपत्ता बागलुङ–४ उपल्लाचौरका १३ वर्षीय अभिषेक विक र यमबहादुर पुनको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।घटना थाहा हुनासाथ प्रहरी र बेपत्ताका आफन्तजन खोजी कार्यमा जुटे पनि अझै नभेटिएको जिप्रकाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इकवाल हवारीले बताए । “खोजी निरन्तर चलिरहेको छ, अझै केही थाहा हुन सकेको