अमेरिकी अनुदान सहायता (एमसीसी) सम्झौताको संसदीय अनुमोदनका लागि सहमति खोज्ने प्रयास शनिबार पनि दिनभरि जारी रह्यो । प्रमुख राजनीतिक दलहरूबीच अन्तरपार्टी तथा आन्तरिक छलफल हुँदा सहमतिको खाका तय हुने सम्भावना बढेको छ । थप छलफल जारी राख्ने दलहरूले जनाएका छन् ।
प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको सक्रियतामा सत्ता साझेदार दलहरू र प्रमुख प्रतिपक्षी