काठमाडौँ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) ले आफूसँगको सम्झौता नेपालको संसदबाट अनुमोदनका लागि थप समय पर्खिने निर्णय गरेको छ । १४ डिसेम्बर (२८ मङ्सिर)को एमसिसी बोर्ड बैठकपछि अमेरिकाको वासिङ्टन डिसीबाट गत बुधबार जारी विज्ञप्तिअनुसार एमसिसीअन्तर्गतको ५० करोड अमेरिकी डलर अनुदान सहयोग अनुमोदन हुनेमा विश्वस्त रहेको जनाएको छ । एमसिसी परियोजनाअन्तर्गत विद्युत् प्रसारण […]