हेटौंडा : बागमती प्रदेशमा मानव अधिकार उल्लंघनका ५९७ उजुरी विचाराधीन रहेको पाइएको छ।राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालय हेटौंडाले बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष पेश गरेको वार्षिक प्रतिवेदनमा मानव अधिकार उल्लंघनका ५९७ उजुरी विचाराधीन रहेको पाइएको हो।प्रदेश प्रमुख शर्मालाई आयोगको प्रदेश कार्यालयका प्रमुख यज्ञप्रसाद अधिकारीले आइतबार नेपालको संविधानको २९४ को उपधारा ३ बमोजिम दोस्रो वार्षिक प्रतिवेदन पेश गरेका हुन्। आयोगले बुझाएको प्रतिवेदनमा आयोगको बागमती प्रदेश कार्यालय