घोराही उपमहानगरद्वारा ६७ जना किसानलाइ कृषियन्त्र वितरण

जेठ २२, दाङ । दाङको घोराही उपमहानगरपालिकाले ६७ जना किसानलाई कृषियन्त्र वितरण गरेको छ ।  परम्परागत शैलीको कृषि क्षेत्रलाई आधुनिकीकरण गर्दै र कृषिलाई यान्त्रिकरण गर्न गर्दै सहज र सजिलो बनाउने उद्देश्यका साथ किसानहरुलाई कृषि यन्त्र वितरण गरिएको घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले बताए ।  ‘यहाँको कृषि क्षेत्रलाई यान्त्रिकरण गर्दै आधुनिक रुपमा विकास गर्नका लागि यी यन्त्रहरु उपलव्ध गराएका छौं’, उनले भने, ‘यसले उपमहानगरपालिका भित्रका किसानहरुलाई कृषिलाई आधुनिकीकरण गर्नमा सहयोग पुग्नेछ ।’ उपमहानगरपालिकाले ५० प्रतिशत अनुदानमा ती कृषि यन्त्रहरु किसानहरुलाई उपलव्ध गराएको हो । उपमहानगरपालिकाको रू. ४९ लाख र प्रदेश सरकारको १० लाख लगानीमा यी उपकरणहरु खरीद गरिएको उपमहानगरपालिकाका कृषि विकास शाखा प्रमुख चोपनाराण खनालले जानकारी दिए ।  ६७ जना किसानहरुमध्ये १८ जनालाई पावर टेलर, ३० जनालाई मिनी पावर टेलर, १२ जनालाई पम्पसेट, ४ जनालाई पानी तान्ने मोटर, दुई जनालाई रोटाभेटर र एक जनालाई धान काट्ने रिपर मेसिन प्रदान गरिएको हो । किसानहरुलाई मेयर चौधरी, उपमेयर सीता सिग्देल न्यौपानेलगायतले उपकरणहरु हस्तान्तरण गरेका थिए ।  

सम्बन्धित सामग्री

अनुदानमा कृषियन्त्र वितरण

देउखुरी, ६ असार । कृषि उपजको उत्पादन वृद्धि गर्ने र लागत घटाउने उद्देश्यले दाङको घोराही उपमहानगरपालिकाले किसानलाई अनुदानमा कृषि औजार वितरण गरेको छ । पालिकाले पचास प्रतिशत अनुदानमा ३६ पावर टेलर, २० मिनी पावर टेलर, एउटा रोडाभेटर र दुई वटा थ्रेसर मेसिन उपलब्ध गराएको हो । कृषिमा यान्त्रिकरणको सहायताले उत्पादन बढाउने र किसानलाई आत्मनिर्भर बनाउने […]