पर्वत : पोखरा महानगरपालिकाका लागि पाँच दलीय गठबन्धनबाट प्रमुख पदको साझा उम्मेदवार रहेका नेकपा एकीकृत समाजवादीका नेता धनराज आचार्यले बिहीबार घोषणापत्र सार्वजनिक गरेका छन्।‘समुन्नत पोखराको आधार : सबल अर्थतन्त्र र पूर्वाधार’ भन्ने नारा राखेर सार्वजनिक गरिएको घोषणापत्रमा निवर्तमान स्थानीय तहको सरकारले पोखराको लागि कुनै पनि काम गर्न नसकेको आरोप लगाइएको छ। बिजुलीका तार व्यवस्थित गर्ने, प्रमुख चोकहरूमा ट्राफिक लाइटको व्यवस्था गर्ने, सार्वजनिक शौचालय बनाउने, बसपार्क बनाउने, पार्किङको व्