काठमाडौँ : नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले गठबन्धन सरकारको अकर्मण्यता, अयोग्यता, सत्ता लिप्सा र संकीर्ण स्वार्थले देश छियाछिया भएको आरोप लगाएका छन्।सोमवार प्रेस चौतारी नेपालको २६औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन्। उनले अहिले मुलुकको परिस्थिति कहालीलाग्दो रहेको दावी गरे। उनले सदनको दबाबले मात्रै सत्ताका ज्यादतीहरुलाई ठेगान लगाउन सकिँदैन कि भन्ने अनुभूति भइरहेकाले सबै वर्गका समुदायलाई साथमा लिएर सडकबाट पनि सशक्त दबाब सिर्जना गर्नुपर्ने परिस्थिति बनिरहेको बताए।