कोरोना पोजेटिभ भएको भन्दै ७० वर्षीय वृद्ध गाउँलेद्वारा लखेटिएका छन् । तल्कोट गाउँपालिका ५ ललितपुर घर भएका ७० वर्षीय प्रेम कामी गाउँलेद्वारा लखेटिएका हुन् । स्वास्थ्यमा समस्या आएपछि जेठ ८ गते जिल्ला अस्पताल बझाङमा पिसिआर जाँच गरेका बिकको रिपोर्ट पोजेटिभ आएपछि उनी २ दिन जिल्ला अस्पतालको आइसोलेसनमा बसेका थिए ।२ दिन जिल्ला अस्पतालमा बसेर होम आइसोलेसनमा बस्ने भन्दै घर हिँडेका विक छिमेकी गाउँपालिका मष्टामा आफन्तको घरमा गएका थिए । आफन्तको आस भरोसामा मानेर मष्टा गाउँपालिका वडा नम्बर ६ पुगेका व