सर्वोच्चको फैसला ऐतिहासिक र साहसिक: माधवकुमार नेपाल

‘निरकुंश शासकले अब ठाउँ पाउँदैनन् भन्ने प्रमाणित भएको छ। असंवैधानिक कदम चाल्ने जो कोही पराजित हुन्छन् भन्ने स्पष्ट भएको छ,’उनले भने,‘असंवैधानिक कदमविरूद्धमा उभिएका जनता, नागरिक समाज,प्रेस सबैलाई धन्यवाद दिन चाहन्छु।’

सम्बन्धित सामग्री

नेपाल समूहको बैठकमा सर्वोच्चको फैसला कुर्नेदेखि नयाँ पार्टी खोल्नेसम्मकाे राय

काठमाडौं : नेकपा एमालेका निष्कासित नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटीको बैठकमा नेताहरुले मिश्रित राय राखेका छन्। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बहिर्गमनको प्रयासरत खनाल–नेपाल समूहको बैठकमा केन्द्रीय सदस्यहरुले मिश्रित राय राखेका हुन्।सर्वोच्चको अदालतको फैसला कुर्ने देखि नयाँ पार्टी खोल्ने सम्मको बिषय बैठकमा उठेको केन्द्रीय सदस्य विरोध खतिवडाले बताए। उनले भने, 'बैठकमा सबै खालको बिषय महत्वका साथ उठिरहेको छ। सर

‘हामी एमाले भयौं, पार्टीको निर्देशन नमानी सुखै छैन’

काठमाडौं : सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आधिकारिकता विवाद टुङ्गो लगाउँदै ऋषि कट्टेल अध्यक्ष रहेको नेकपा नै वैधानिक भएको फैसला गरेको छ।सर्वोच्चले वैधानिकता ऋषि कट्टेललाई मात्रै दिएन, २०७५ साल जेठ ३ गते एकता गरेका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)लाई पनि अलग-अलग पार्टी बनाइदिएको छ। सर्वोच्चको फैसला अनुरुप दुई पार्टी मिलेर बनेको नेकपा अब साविककै एमाले र माओवादीको अस्तित्वमा विभाजित भएको छ।सोमबार साँझ पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल समूहले स्था

‘विघटन’अघि बस्यो नेकपाको अन्तिम बैठक, छुट्टिए प्रचण्ड-नेपाल

काठमाडौं । सर्वोच्च अदालतले नेकपा एकतालाई मान्यता नदिएर तत्कालिन एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि नेकपा (प्रचण्ड-नेपाल) समूहको स्थायी समिति बैठक सोमबार बसेको छ । आजको बैठक नेकपाको अन्तिम बैठक बनेको र अब सर्वोच्चको फैसला अनुसार पूर्व एमाले र माओवादी केन्द्र अलग अलग भएको तत्कालिन नेकपाका प्रवक्ता नाराणकाजी श्रेष्ठले जानकारी दिनुभयो । ‘तत्कालिन अवस्थामा एमाले र माओवादी केन्द्रबीच गरिएको एकता सही थियो । अब सर्वोच्चको निर्णयलाई कार्यान्वयन गर्दै एमाले र माओवादी केन्द्र अलग भएका छन् । आजको बैठक सायद नेकपाको रुपमा अन्तिम हो’ श्रेष्ठले भन्नुभयो । उहाँले पार्टी एकतालाई फेरि पनि कायम राख्न आ–आफ्नो ठाउँबाट पहल राख्ने समझदारी बनेको बताउनुभयो । बैठकमा प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल, माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल लगायत नेताहरु सहभागी थिए । बैठकपछि नेताहरु आ-आफ्नो पूर्वपार्टीमा फर्किएका छन् । यसैगरी, नेकपाका वरिष्ठ नेता झलनाथ खनालले सर्वोच्च अदालतले पार्टीको बारेमा गरेको निर्णयलाई सम्मान तथा कार्यान्वयन गर्ने बताउनुभयो । ‘सर्वोच्च अदालतले मुलुकको परिस्थितिलाई तीन वर्ष अगाडिको अवस्थामा धकेलिदिएको छ,’ खनालले भन्नुभयो, ‘हामी दुई वटा कम्युनिष्ट पार्टी एक भएर नेकपा बनेका थियौं अब सर्वोच्चको फैसलाले त्यसलाई विघटन गर्ने, अवरोध पार्ने गरेको छ। अब हामी फेरि एकपटक नेकपा एमाले र माओवादी केन्द्र भइयो।’

ओलीले एमाले बैठक बोलाउने, अब प्रचण्ड नेपाल पक्षले के गर्ला ?

सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीको स्वामित्व ऋषि कट्टेललाई दिएपछि तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बदर भएको छ। सर्वोच्च अदालतको यस्तो फैसलापछि प्रधानमन्त्री केपी शर्मा ओली तत्कालीन एमालेलाई अघि बढाउने र पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्ष फैसलाविरुद्ध पुनरवलोकन गर्ने तयारीमा लागेका छन्।   ओलीले सर्वोच्चको फैसला कार्यान्वयन गर्ने बताइरहेका बेला आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संसदीय दलको बैठकमा उनीनकट सांसदले तत्कालीन एमालेलाई नै अघि बढाउन सुझाव ...

सर्वोच्चको फैसला प्रशंसनीय र ऐतिहासिक : माधवकुमार नेपाल

नेकपा (दाहाल-नेपाल समूह)का अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतले प्रतिनिधिसभाको पुर्नस्थापना गर्ने फैसला गरेर अदालतको गरिमालाई बढाएको बताएका छन् । इकान्तिपुरलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेपालले प्रधानमन्त्रीको कदमलाई बदर गर्ने निर्णय गरेर अत्यन्तै प्रशंसनीय र ऐतिहासिक फैसला गरेको बताए ।

सर्वोच्च अदालतको फैसलाको विपक्षि दल लगायले गरे स्वागत

र्वोच्च अदालतले विघटित प्रतिनिधिसभा पुर्नस्थापना सम्बन्धमा गरेको फैसलामा विभिन्न राजनीतिककर्मीले प्रतिक्रिया दिनुभएको छ । प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले फैसलाको सम्ममान गर्दै त्यसको स्वागत गर्नु भएको छ । उहाँले एक विज्ञप्ति जारी गरी२०७७ साल पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको सरकारले प्रतिनिधि सभा विघटन गरेको घटनालाई नेपाली कांग्रेसले तत्काल नै असंवैधानिक, अलोकतान्त्रिक, अधिनायकवादी र सर्वसत्तावादी कदम भनी निर्णय गरेको विज्ञप्तिमा स्मरण गरिएकाे छ । पूर्व प्रधानमन्त्री तथा नेता पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्चको यो फैसलाले गौरवको अनुभुति भएको बताउनु भएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा अध्यक्ष प्रचण्डले फैसला ऐतिहासिक भएको सर्वोच्चका न्यायाधीशको साहसिक निर्णय भएको भन्दै सवै नेपालीको विजय भएको बताउनुभएको छ । यस्तै पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्च अदालतको ऐतिहासिक फैसलाले जनताको जीत भएको प्रतिक्रिया दिनुभएको छ । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल मैले त भन्दै आएको हुँ सत्यभन्दा माथि शासक हुन सक्दैन । संसद पुनःस्थापना गर्ने सर्वोच्चको फैसला स्वागतयोग्य छ । सर्वोच्चको फैसलाले सत्यको जित भएको छ र यसले मुलुकलाई ठूलो दुर्घटनाबाट बचाएमा सर्वोच्च अदालतलाई धन्यवाद दिनु भएको छ ।