जमिन भासिँदा र घर भत्किँदा मुम्बईमा १५ जनाको ज्यान गयो

भारतको मुम्बई शहरमा अविरल वर्षाका कारण जमिन भासिँदा र घर भत्किँदा १५ जनाको ज्यान गएको छ। शनिबार रातभर पानी परेपछि त्यहाँ विपत्ती निम्तिएको हो।मुम्बईको वाशी क्षेत्रस्थित एक घरको छत भत्किँदा १२ जनाको मृत्यु भएको हो। उपनर विखरोलीमा पनि भूस्खलन भएपछि झोपडी बगाउँदा तीन जनाको ज्यान गएको मुम्बई प्रहरीले जानकारी दिएको छ। केही मानिसहरू घाइते भएका र उनीहरूलाई उपचारनिम्ति स्थानीय अस्पतालमा लगिएको बताइएको छ।

सम्बन्धित सामग्री

वर्षाले जमिन भाँसियो, घर भत्किँदा ४२ लाखको क्षति

तेह्रथुम (रासस) । गएराति परेको अविरल वर्षापछि जमिन भासिँदा तेह्रथुमको जिरिखिम्ती बजारमा एक घर क्षतिग्रस्त बनेको

वर्षाले जमिन भासिंदा तेह्रथुमको जिरिखिम्तीमा एक घर क्षतिग्रस्त :: Pahilopost.com

तेह्रथुम : मंगलबार राति परेको अविरल वर्षापछि जमिन भासिँदा तेह्रथुमको जिरिखिम्ती बजारमा एक घर क्षतिग्रस्त बनेको छ। म्याङलुङ्ग नगरपालिका–९ स्थित जिरिखिम्तीका लोकबहादुर अधिकारीको चार तले घर भत्किँदा ४२ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ।घर भत्किंदा घरमा भएका सामान जस्तापाता, सुनचाँदी, भण्डारण गरेको अलैँचीलगायत पुरिँदा सो बराबरको क्षति भएको