काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटा नेतृत्वको नेपाली संसदीय प्रतिनिधि मण्डल र चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चाङ्सु नेतृत्वको प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ।संघीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा दुई देशको प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको सभामुख सापकोटाको सचिवालयले जनाएको छ। वार्तामा दुई देशका संसदीय अभ्यास, परम्परा र सम्बन्धलगायत विषयमा छलफल भएको बताइएको छ। त्यसअघि सभामुख सापकोटा र लीबीच शिष्टाचार भेटवार्ता भएको थियो।वार्तामा दुई देशको संसदीय अनुभव आदा