प्रतिनिधिसभा विघटनविरुद्ध सर्वाेच्च अदालतमा परेको रिटमाथि संवैधानिक इजलासमा बहसका क्रममा गायिका अन्जु पन्तको गीतको चर्चा चलेको छ ।
बिहीवारको बहसमा अधिवक्ता गोपालकृष्ण घिमिरेले गायिका पन्तको गीत सम्झिँदै अहिलेको संविधान ‘न बिर्सें तिमीलाई न पाएँ तिमीलाई’ भएको तर्क गरे ।
‘२/२ वटा संविधान सभाले यथेष्ट छलफल गरेर बनाएको संविधान अहिले न बिर्सें तिमीलाई न पाएँ तिमीलाई जस्तो भएको छ,’ उनले भने, ‘त्यसैले हामी संविधानको रक्षार्थ उभिएका छौं ।’
बहसका क्रममा न्यायाधीश सपना मल्ल प्रधानल...