लाइभ लोकदोहोरीमा पुराना भाका प्रयोग : ‘बाघको छालामा स्यालको रजाइँ’

गायिका अञ्जु पन्तको स्वर रहेको चर्चित गीत ‘न बिर्सें तिमीलाई न पाएँ तिमीलाई’ केही समय अगाडि नयाँ भर्सनमा सार्वजनिक भयो । गीतका सर्जक विपिन किरणले गीतलाई नयाँ भर्सनका रुपमा पुरानै एरेन्जमा अहिलेकी गायिका रचना रिमालको स्वरमा ल्याएका थिए । गीत सार्वजनिक गर्दा भने विपिनले ओरजिनल गायिका पन्तको नाम राख्न भुले, यसले ठूलै विवाद चर्कियो । गायिका पन्तले सो बिषयमा आपत्ति जनाइन्, जो स्वाभाविक पनि थियो । यस बिषयमा गायकदेखि गीतसंगीत उत्पादन गर्ने कम्पनी सम्मले आ–आफ्नो अभिव्यक्ति दिए । विवादल