गृह मन्त्रालयले नियन्त्रित लागुऔषध गाँजालाई औषधीय प्रयोगका लागि मापदण्ड बनाउने तयारी गरेको छ । सोमबार सिंहदरबारमा गृह प्रशासन सुधार कार्ययोजना–२०७८ सार्वजनिक गर्दै मन्त्रालयका सचिव टेकनारायण पाण्डेले गाँजा प्रयोगको मापदण्ड बनाउन लागेको बताए । गृह सचिव पाण्डेले भने–‘गाँजाको व्यवस्थित उत्पादन र प्रयोगको मापदण्ड बनाउँछौं ।’गृहमन्त्री बालकृष्ण खाणले सार्वजनिक गरेको गृह प्रशासन सुधार कार्ययोजनाको २१ नम्बर बुँदामा गाँजाको औषधीय प्रयोगबारे उल्लेख गरिएको छ । गाँजाको औषधीय प्रयोगक