मकवानपुर : राष्ट्रियसभा सदस्य पदका लागि आगामी जेठ ६ गते हुने उपनिर्वाचनमा डाक्टर खिमलाल देवकोटाको मनोनयन दर्ता भएको छ। नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, एमालेका नेपाल पक्ष र जनता समाजवादी पार्टी उपेन्द्र पक्षका तर्फबाट साझा उम्मेदवारका रुपमा देवकोटाले निर्वाचन आयोग, बागमती प्रदेश कार्यालयमा विहान साँढे १० बजे मनोनयन दर्ता गरेका हुन्। माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता एवम् पूर्व आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्मकट्टेल, नेपाली कांग्रेस बागमती प्रदेश स