ओखलढुङ्गा – ओखलढुङ्गामा भारी मतसहित कांग्रेसका उम्मेदवार रामहरि खतिवडा निर्वाचित हुनुभएको छ ।
खतिवडाले एमाले उम्मेदवार यज्ञराज सुनुवारलाई झण्डै ७ हजार मतान्तरले पराजित गर्नुभएको हो । खतिवडाले ३३ हजार ५५६ मत ल्याएर विजयी हुनुभयो भने खतिवडाका प्रतिद्वन्द्वी एमाले उम्मेदवार यज्ञराज सुनुवारले २६ हजार ७३८ मत पाउनुभयो । उहाँहरूबीच ६ हजार ८१८ को मतान्तर छ ।
२०७४ सालमा वाम गठबन्धन हुँदा सुनुवारले ५ हजार २५३ मतले खतिवडालाई पराजित गर्नुभएको थियो । त्यसबेला सुनुवारलाई साथ दिएको माओवादी र एमालेब...