जावासँग दशैं र तिहार

आधुनिक र आकर्षक मोटरसाइकल जावाले यस चाडपर्वको मौसममा नयाँ ग्राहकहरूका लागि अभूतपूर्व अफर ल्याएको छ । जावा नेपालले तपाईंलाई सर्वाधिक मनपर्ने जावा ९ प्रतिशतको शानदार ब्याज दरमा ल्याएको भन्दै कम्पनीले यस चाडपर्वको मौसममा हरेक जावा बाइकको खरिदमा नि:शुल्क प्रोफेशनल राइडिङ ज्याकेट र नि:शुल्क हेल्मेट पनि प्राप्त गर्ने जनाएको छ । कम्पनीले तपाइँको गाडीको लागि सर्वाधिक […]

सम्बन्धित सामग्री

कुमारी बैंकको ‘दशैं र तिहार, परिवारलाई उपहार’

कुमारी बैंकले नेपालीहरूको चाड दशैं र तिहारलाई लक्षित गर्दै ‘दशैं र तिहार परिवारलाई उपहार’ योजना ल्याएको छ।...

कुमारी बैंकको ‘दशैं र तिहार परिवारलाई उपहार’योजना

काठमाडौं । कुमारी बैंक लिमिटेडले नेपालीहरूको प्रमुख चाड बडादशैं तथा तिहारलाई लक्षित गर्दै आफ्ना बचत खाताहरूमा विभिन्न आकर्षक सुविधा प्रदान गर्ने भएको छ ।  यस अवसरमा बैंकले कुमारी परिवार सुरक्षा बचत खातामा थप सुविधाका साथ ‘दशैं र तिहार परिवारलाई उपहार’ योजना ल्याएको छ । २६ लाखको बीमा सुविधाअन्तर्गत परिवारका ४ जना सदस्यलाई रू. एक लाखको मेडिकल बीमा सुविधाका साथै कुमारी परिवार सुरक्षा बचत खातामा २४ लाखसम्मको दुर्घटना बीमा तथा एक लाखसम्मको घातक रोग बीमा सुरक्षण समावेश गरिएको छ ।  साथै खाता खोलिएको पहिलो वर्षको लागि लकर सुबिधामा लकर शुल्कमा १०० प्रतिशत तथा लकर मार्जिनमा ५० प्रतिशत छूट तथा निःशुल्क डेबिट÷क्रेडिट कार्ड सुविधा प्रदान गर्नेछ ।  यसै अवसरमा बैंकका अन्य बचत खाताहरूमा रू. २० हजारको मेडिकल बीमा सुविधा प्रदान गर्नेछ । बैंकले सानिमा जी आई सी इन्स्योरेन्स र सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बीमा प्रदायक कम्पनीको रूपमा सहकार्य गर्दै आएको छ । २२ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको बैंकले आफ्ना देशभर रहेका ३०८ शाखा सञ्जाल, ३०९ एटीएम, ४९ एक्सटेन्सन काउन्टर तथा ६४ शाखारहित बैंकिङ ईकाईहरूमार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ ।

सानिमा बैंकले ल्यायो दशैं-तिहार लक्षित विशेष छुट योजना

काठमाडौं । सानिमा बैंक लिमिटेडले दशैं र तिहार पर्वलाई लक्षित गरी ग्राहकका लागि विशेष छुट योजना ल्याएको छ । यस योजना अन्तगर्त सानिमा मोबाइल बैंकिङ सेवा प्रयोग गरी क्यूआरमार्फत भुक्तानी गर्ने ग्राहकलाई १० प्रतिशत (अधिकतम १०० रुपैयाँसम्म) को छुट पाउने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बैंकका अनुसार यो योजना १६ देखि २२ असोजसम्म […]

‘तिम्रो तस्बिर’ पछि ‘दशैं आयो तिहार आयो’ (भिडियोसहित )

काभ्रे।  ‘तिम्रो तस्बिर’ पछि पत्रकार तथा कानुन व्यवसायी काभ्रे पनौती ३ कुशादेवी निवासी सरिता सापकोटाले ‘दशैं आयो तिहार आयो’ नामक म्युजिक भिडियो सार्वजनिक गर्नु भएको छ । पत्रकारिता र कानुन व्यवसायमा संलग्न भई निरन्तर क्रियाशील सापकोटा गीत लेखनसँगै गायनमा पनि सक्रिय हुनु भएको छ । सापकोटाको असोज २ गते आइतबार युट्युब च्यानल फाइभ स्टार्स मार्फत […]

फक्सवागनले ल्यायो दशैं र तिहार लक्षित अफर

फक्सवागन गाडीको लागि नेपालको आधिकारिक वितरक पूजा इन्टरनेशनल नेपाल दशैं र तिहारको अवसरलाई लक्षित गर्दै “Unbeatable Festive Offe” योजना ल्याएको छ ।  यो योजना अन्तर्गत फक्सवागन प्रिमियम चारपाङ्ग्रे सवारी साधनको खरिदमा ग्राहकहरुले शून्य दशमलव ९९ प्रतिशतबाट सुरु हुने गरी न्यूनतम ब्याजदरको लाभ प्राप्त गर्न सक्छन् ।नयाँ कार किन्न र प्रिमियम कार संस्कृतिमा स्वीच हुन खोज्ने गाडी प्रेमीहरुलाई, यो अफर सबैभन्दा राम्रो अफर भएको कम्पनीको भनाइ छ ।  यो योजनामा उत्कृष्ट जर्मन–इन्जिनिय

दशैं–तिहार योजना ‘होण्डाको साथ ७’ को विजेताहरू घोषित

नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. ले आफ्नो दशैं तथा तिहार स्किम ‘होण्डाको साथ ७’ को विजेताहरु घोषित गरेको छ ।  यस योजनामा स्क्रयच कुपन मार्फत ७ प्रदेशबाट भाग्यसाली ७ जनाले १ लाख रुपैयाँ नगद उपहार तथा बम्परमा १ जना विजेताले १५ लाख रुपैयमम् नगद उपहार प्राप्त गरेका छन् । ‘होण्डाको साथ ७’ योजना अन्तर्गत प्रदेश १ बाट  एसटीसी विराटनगर–.रबिना चौधरी, प्रदेश २ बाट मिशिका इन्टरप्राइजेज–.राम प्रकाश यादव, प्रदेश ३ बाट एसट...

बाल्यकालसँगै गयो दशैं र तिहारको रौनक

तिहारले छपक्कै छोपेको छ। बजारमा झिलीमिली बत्ती, फूल, मर-मसला किन्ने र बेच्नेको घुइँचो छ। बिहान सबेरैदेखि झमक्क रात पर्दासम्म तिहारको रमझमले बजारलाई धपक्कै बालेको छ। तर पनि बाल्यकालमा जस्तो तिहारको रौनक कही कतै देखिँदैन।बाल्यकालको दशैं र तिहार उमेरसँगै ढल्किएर गयो‚ कहिल्यै नफर्कने गरी। बाल्यकालले आफूसँगै दशैं र तिहारको रौनक पनि लिएर गयो। वैशाख महिना लाग्नासाथ दशैं र तिहार आउने दिन पात्रो पल्टाएर हेरिन्थ्यो। वर्षमा एकपटक बजार जान पाउने, नयाँ लुगा लाउन पाउने, पिङ र देउसी भैलो खेल्न पाउने

दशैं–तिहारमा 'होण्डाको साथ ७'

नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा.लि.ले आफ्नो दशैं तथा तिहार स्किम 'होण्डाको साथ ७' ग्राहक वर्गहरु माझ ल्याएको छ।...

दशैं र तिहार लक्षित गर्दै टिसिएलले ल्यायो ‘क्यासब्याक र बम्पर उपहार’ योजना

काठमाडौं, २९ भदौ । इलेक्ट्रोनिक्स ब्राण्ड टिसिएलले दशैं र तिहारलाई लक्षित गर्दै ‘यस दशै तिहार, टिसिएलमा क्यासब्याक र बम्पर उपहार’ नामक योजना सार्वजनिक गरेको छ । उक्त योजना अन्तर्गत टिसिएल ब्राण्डका कुनै पनि सामानको खरिदमा आकर्षक क्यासब्याक तथा बम्पर उपहार प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । ५८ हजार सात सय रुपैयाँ सम्मको क्यासब्याक प्राप्त […]