स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षासम्बन्धी अध्यादेश संसोधन गर्न चिकित्सक संघको माग

नेपाल चिकित्सक संघले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा संबन्धी अध्यादेश संशोधनसहित पारित गर्न माग गरेको छ।

सम्बन्धित सामग्री

स्वास्थ्यकर्मीलाई कुटपिट गरे तीन वर्ष कैद वा तीन लाख जरिवाना

काठमाडौं : स्वास्थ्य उपचारको विषयलाई लिएर स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कुटपिट गरेमा तीन वर्ष जेल वा तीन लाख रूपैँया जरिवानाको व्यवस्था गरिएको छ।स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले मंगलबार सङ्घीय संसद्को प्रतिनिधि सभामा पेश गरेको ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७९ मा उपचारको विषयलाई लिएर चिकित्सक वा स्वास्थ्यकर्मी वा कर्मचारीलाई कुटपिट गरेमा तीन वर्ष कैद वा तीन लाख जरिवानाको व्यवस्था गरिएको छ।अध्यादेशमा स्वास्थ्य संस्था

चिकित्सक संघका पदाधिकारीले कानुनमन्त्रीलाई बुझाए ज्ञापनपत्र

काठमाडौं । नेपाल चिकित्सक संघका पदाधिकारीले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षासम्बन्धी अध्यादेश, २०७८ संशोधनसहित पारित गर्न माग गर्दै कानुनमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । संघका पदाधिकारीले गएको मंगलबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूलाई भेटेर सो अध्यादेश संशोधनसहित पारित गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् । सो अध्यादेशलाई प्रक्रियागत ढंगबाट कानुनका रूपमा पारित...

सुरक्षित स्वास्थ्य क्षेत्र सम्पादकीय

पछिल्ला वर्ष उपचारको विषयलाई लिएर स्वास्थ्य संस्था, बिरामी तथा चिकित्सक/स्वास्थ्यकर्मी पक्षबीच तनावका घटना वृद्धि भएकामा सर्वत्र चिन्ता व्यक्त गरिएको छ । कोभिड–१९ (कोरोना) सङ्क्रमणको महामारीबीच विराट मेडिकल कलेज विराटनगर, भेरी अस्पताललगायतका स्वास्थ्य संस्थामा चिकित्सक/स्वास्थ्यकर्मीमाथि साङ्घातिक आक्रमण भए । यस्ता घटनाले चिकित्सा क्षेत्र असुरक्षित बनेको भन्दै नेपाल चिकित्सक सङ्घले तत्काल अध्यादेशमार्फत समस्या सम्बोधन गर्न आग्रह ग-यो । यसअघि पनि कतिपय स्थानमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण, स्वास्थ्य संस्थामा तोडफोड भएका घटना सार्वजनिक भएका छन् । समस्या गम्भीर, अराजक र अनियन्त्रित हुने क्रम बढेपछि सरकारले ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८’ लागू गरेको छ । अध्यादेशको चिकित्सक/स्वास्थ्यकर्मी र तिनका छाता सङ्गठनद्वारा स्वागत गरिएको छ । स्वास्थ्यकर्मी सुरक्षा ऐन, २०६६ लागू भएदेखि नै ऐन परिमार्जन हुनुपर्ने पक्षमा रहेको बताउँदै अध्यादेशले ऐनमा विद्यमान केही कमजोरी सुधार गरी चिकित्सक/स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षामा सहयोग गर्ने बुझाई उनीहरूको छ । चिकित्सक/स्वास्थ्यकर्मी मानव