नबिल फोनलोन मार्फत् अब बिना धितो २ लाखसम्म कर्जा

 नबिल बैंकले नबिल फोनलोनको न्यूनतम सीमा र आफ्नो डिजीटल फाइनान्सिङ प्रडक्टको दायरा बढाएको छ ।  यसअघि नबिल फोनलोनको सीमा रु. १ लाख रहेकोमा बैंकले त्यसलाई बढाएर अब रु. २ लाख पुर्याएको छ । यसका अतिरिक्त यस्तो लोन लिनका लागि योग्य समूहको दायरा पनि केही बढाइएको बैंकले जनाएको छ ।नबिल बैंक, फोनलोनको अवधारणा कार्यान्वयनमा ल्याउने देशकै पहिलो बैंक हो । बैंकका अनुसार अब नबिल बैंकमा नियमित बचत खाता सञ्चालन गर्ने ग्राहक तथा नबिल बैंकसँग आबद्ध क्यूआर मर्चेन्टहरु पनि फोनलोनका लागि योग्य हुनेछन् । यसअघि भने नबिल बैंकमा तलब खाता भएकाहरुले मात्र यस्तो लोनको सुविधा पाइरहेका थिए ।यस्तै, नबिल बैंकले फोनलोनका अफरहरुलाई पनि अपग्रेड गरेको छ । अब यस्तो लोनका लागि योग्य ग्राहकहरुले नबिल स्मार्ट बैंक एपको स्क्रिनमा फोनलोनको आइकन देख्नेछन् । बैंकले ग्राहकहरुको सुविधाका लागि ‘बाई नाउ पे लेटर’ को सुविधा तथा लोनबापत लिएको रकम चुक्ता गर्न इएमआईको सुविधा समेत उपलब्ध हुने भएको छ ।बैंकका अनुसार ग्राहकहरूले खरिद गर्दा कुनै पनि फोन पे मर्चेन्ट क्यूआर कोडहरू स्क्यान गर्न सक्छन् र आफ्नो खरिदको मासिक किस्तामा भुक्तानी गर्न चेकआउटको बेला  ‘बाई नाउ पे लेटर’  को विकल्प रोज्न सक्छन् ।आफ्ना फोनलोन बक्यौता चाँडै तिर्न खोज्ने ग्राहकहरूले आफ्नो  फोनलोन सिधै आफ्नो एपबाट प्रिपे गर्ने विकल्प पनि उपलब्ध हुनेछ । यस अन्तर्गत नबिल बैंकले कुनै पूर्वभुक्तानी शुल्क नलिई ग्राहकहरूको खातामा पर्याप्त रकम भएमा ऋणको तत्काल निकासी गर्न अनुमति दिने बैंकले जनाएको छ।‘नेपालमा बैंकिङ अझै पनि विकासको प्रक्रियामा छ, तर अहिले मुख्यतया कानूनी र नियामक व्यवस्थाका कारण र एनपीए व्यवस्थापनमा सहजताका कारण धितोमा आधारित ऋणमा केन्द्रित छ,’ नबिल बैंकका एसएमई एण्ड माइक्रोफाइनान्स प्रमुख निरज बस्नेत (डनिल)ले भने । ‘हालैका दिनहरूमा हाम्रो जोखिमबहन क्षमता बढ्दै गए पनि, हामीले धितोमा आधारित लोनबाट व्यवहार र नगद प्रवाहमा आधारित क्रेडिटमा सर्न आवश्यक छ । यही उद्देश्य प्राप्तिमा फोनलोनको स्वचालित क्रेडिट अन्डरराइटिङ र ऋण व्यवस्थापन पहिलो चरण हो,’  उनले थपे । ‘हामी यो प्रडक्टको प्रभावकारिता, साथै ग्राहकको मागप्रति पनि विश्वस्त छौ, यहीकारण पनि नबिलले फोनलोनको सीमा र योग्य समूहको दायरा बढाएको हो,’ उनले प्रष्ट पारे ।

सम्बन्धित सामग्री

नबिल ‘फोनलोन’ बाट बिना धितो ऋण लिन पाइने

नबिल बैंकले ‘नबिल फोनलोनको न्यूनतम सीमा र आफ्नो डिजिटल फाइनान्सिङ प्रडक्टको दायरा बढाएको छ ।यसअघि नबिल फोनलोनको सीमा १ लाख रहेकामा त्यसलाई बढाएर अब २ लाख रूपैयाँ पुर्‍याइएको बैंकले जनाएको छ । यसका अतिरिक्त यस्तो लोन लिन योग्य समूहको दायरा पनि केही बढाइएको पनि बैंकले जानकारी दिएको छ ।नबिलका अनुसार फोनलोनको अवधारणा कार्यान्वयनमा ल्याउने देशकै […]

नबिल फोनलोन मार्फत बिना धितो २ लाख सम्म कर्जा लिन पाउने

नबिल बैङ्कले नबिल फोनलोनको न्यूनतम सीमा र आफ्नो डिजिटल फाइनान्सिङ प्रडक्टको दायरा बढाएको छ। यसअघि नबिल फोनलोनको सीमा  एक लाख रुपैयाँ रहेकोमा त्यसलाई बढाएर अब  २ लाख रुपैयाँ पुर्‍याइएको छ। यसका अतिरिक्त यस्तो लोन लिनका लागि योग्य समूहको दायरा पनि केही बढाइएको छ।

नबिल फोनलोनमार्फत बिना धितो २ लाखसम्म कर्जा लिन पाइने

काठमाडौं । नबिल बैंकले ‘नबिल फोनलोन’को न्यूनतम सीमा र आफ्नो डिजिटल फाइनान्सिङ प्रडक्टको दायरा बढाएको छ । यसअघि नबिल फोनलोनको सीमा १ लाख रहेकोमा त्यसलाई बढाएर अब २ लाख पुर्‍याइएको छ । यस बाहेक यस्तो लोन लिनका लागि योग्य समूहको दायरा पनि केही बढाइएको छ । बैंकमा नियमित बचत खाता सञ्चालन गर्ने...

नेपालमा पहिलो पटक नबिल फोनलोन–क्यू आर मर्चेन्ट सुभारम्भ

काठमाडौं, १ भदौ । नबिल बैंकले नेपालमा पहिलो पटक आफ्ना क्यू आर मर्चेन्टलाई फोनलोनको सुविधा सुभारम्भ गरेको छ । नबिल फोनलोन–क्यू आर मर्चेन्ट नामको सेवाको सुरुवात् सँगै क्यू आर मर्चेन्टले घरमा बसी बसी कुनै पनि धितो बिना नै नबिल स्मार्ट बैकिंङ मार्फत् तुरुन्तै कर्जा पाउन सक्नेछन् । नबिल बैंकले ग्ल्ऋम्ँ को सहकार्यमा साना तथा मझौला […]

नेपालमा पहिलो पटक नबिल फोनलोन– क्यू आर मर्चेन्ट

नबिल बैंकले नेपालमा पहिलो पटक आफ्ना क्यू आर मर्चेन्टलाई फोनलोनको सुविधा शुभारम्भ गरेको छ । नबिल फोनलोन – क्यू आर मर्चेन्ट नामको सेवाको शुरुआतसँगै क्यू आर मर्चेन्टले घरमा बसी बसी कुनै पनि धितो बिना नै नबिल स्मार्ट बैंकिङ मार्फत् तुरुन्तै कर्जा पाउन सक्ने

नेपालमा पहिलो पटक नबिल फोनलोन–क्यूआर मर्चेन्ट सुरुवात

काठमाडौं । नबिल बैंकले नेपालमा पहिलो पटक आफ्ना क्यूआर मर्चेन्टलाई फोनलोनको सुविधा सुरु गरेको छ । उक्त सेवाको सुरुवातसँगै क्यूआर मर्चेन्टले घरमा बसीबसी कुनै पनि धितो बिना नबिल स्मार्ट बैकिङमार्फत तुरुन्तै कर्जा पाउन सक्नेछन् । नबिल बैंकले यूएनसीडीएफको सहकार्यमा साना तथा मझौला व्यवसाय गरिरहेका युवा तथा महिला उद्यमीहरूलाई लक्षित गरी यो सुविधा ल्याएको...

नबिल फोनलोन क्यूआर मर्चेन्ट शुभारम्भ, बिना धितो १ लाख ऋण पाइने

नबिल बैंकले क्यू आर मर्चेन्टलाई फोनलोनको सुविधा शुभारम्भ गरेको छ । नबिल फोनलोन – क्यू आर मर्चेन्ट नामको सेवाको सुरुवातसँगै क्यू आर मर्चेन्टले घरमा बसी बसी कुनै पनि धितो बिना नै नबिल स्मार्ट बैकिङ मार्फत् तुरुन्तै कर्जा पाउन सक्नेछन् । नबिल बैंकले यूएनसीडीएफको सहकार्यमा साना तथा मझौला व्यवसाय गरिरहेका युवा तथा महिला उद्यमीहरुलाई लक्षित गरि यो सुविधा ल्याएको हो । यस सेवा अन्तर्गत कर्जा लिन चाहने व्यवसायीहरुले नबिलको क्यूआर मर्चेन्टमा एकल नाममा दर्ता हुनुपर्नेछ र नबिल स्मार्ट बैंकिङ लिनु