नबिल फोनलोन मार्फत बिना धितो २ लाख सम्म कर्जा लिन पाउने

नबिल बैङ्कले नबिल फोनलोनको न्यूनतम सीमा र आफ्नो डिजिटल फाइनान्सिङ प्रडक्टको दायरा बढाएको छ। यसअघि नबिल फोनलोनको सीमा  एक लाख रुपैयाँ रहेकोमा त्यसलाई बढाएर अब  २ लाख रुपैयाँ पुर्‍याइएको छ। यसका अतिरिक्त यस्तो लोन लिनका लागि योग्य समूहको दायरा पनि केही बढाइएको छ।