नगरसभा नहुँदा नगर अस्पताल भवन प्रयोगविहीन

सर्लाही- सर्लाहीको हरिपुर्वा नगरपालिका– २ मा निर्मित पन्ध्र शय्याको नगर अस्पताल भवन  निर्माण भएको लामो समय भइसक्दा पनि प्रयोगमा आउन सकेको छैन । तत्कालीन स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री राजेन्द्र महतोले २०६९ साल जेठ २ गते शिलान्यास गरेकाे सो अस्पताल निर्माण भएको डेढ वर्ष हुँदासमेत प्रयोगमा नआएको हो । अस्पताल सञ्चालनमा नआउँदा आफ्नै ठाउँमा अस्पताल भएर पनि […]

सम्बन्धित सामग्री

बागलुङ नगर अस्पताल भवन : म्याद सकियो, भवन अधुरै

१८ साउन, गलकोट । निर्माण व्यवसायीले समयमै काम सकेको भए बागलुङ नगर अस्पताल भवन निर्माण भइसकेर यतिबेला सेवा दिइरहेको हुन्थ्यो । तर २ पटक म्याद थपेर पनि अहिलेसम्म भवनको काम ५० प्रतिशतमात्रै प्रगति भएको छ …

शुक्लाफाँटामा दश शय्याको नगर अस्पताल

शुक्लाफाँटा नगरपालिका-४ असैनामा १० शय्याको नगर अस्पताल भवन निर्माण थालिएको छ। स्वास्थ्य तथा जनसङख्या मन्त्रालयको पाँच करोड ४७ लाख २९ हजार आठ सय ४७ (मूल्य अभिवृद्धिकरबाहेक) मा ठेक्का प्रक्रियामार्फत निर्माण भइरहेको छ।

शुक्लाफाँटामा दश शय्याको नगर अस्पताल बन्दै

शुक्लाफाँटा नगरपालिका– ४ असैनामा १० शय्याको नगर अस्पताल भवन निर्माण थालिएको छ।

नगर सभा नहुँदा नगर अस्पताल भवन प्रयोगविहीन

सर्लाहीको हरिपुर्वा नगरपालिका-२ मा निर्मित १५ शय्याको नगर अस्पताल भवन निर्माण भएको लामो समय भइसक्दा पनि प्रयोगमा आउन सकेको छैन । तत्कालीन स्वास्थ्य तथा जनसंख्यामन्त्री राजेन्द्र महतोले २०६९ साल जेठ २ गते शिलान्यास गर्नुभएको सो अस्पताल निर्माण भएको डेढ वर्ष हुँदासमेत प्रयोगमा नआएको हो ।

पर्वत नगर अस्पताल भवन शिलान्यासमै सीमित

‘एक स्थानीय तह, एक आधारभुत अस्पताल’ कार्यक्रमअन्तर्गत निर्माण गर्न लागिएको पर्वतको फलेवास नगरपालिकाको नगर अस्पताल निर्माण अलपत्र परेको छ।

मध्यबिन्दुमा अस्पताल भवन शिलान्यास

काठमाडौँ,२३ मँसिर । पुर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिकामा १५ शय्याको नगर अस्पताल भवन निर्माण सुरु भएको छ । अस्पताल भवनको आज मध्यबिन्दु नगरपालिकाका नगर प्रमुख भीमलाल अधिकारीले शिलान्यास गर्नुभयो । यसअघि मध्यबिन्दु–७ मा रहेको चोरमारा प्राथमिक स्वास्थ्य केन्द्रलाई नगर अस्पतालको रुपमा स्तरोन्नति गरिएको थियो । नगर अस्पताल सञ्चालनको लागि सुविधा सम्पन्न भवन निर्माणको लागि ठेक्का सम्झौता […]

नगर अस्पताल शिलान्यास

बागलुङ । लामो समयको प्रयास र पहलपछि बागलुङ नगरपालिकामा १५ शय्याको नगर अस्पताल निर्माण अघि बढेको छ । नगर अस्पताल भवनको बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले सोमवार एक कार्यक्रमबीच शिलान्यास गरे । बागलुङ नगरपालिकाले पैंयुपाटामा नगर अस्पताल निर्माणका लागि लामो समय प्रयास पहल र जग्गा व्यवस्थापन गरे पनि नेपालका सबै पालिकामा नगर अस्पताल शिलान्यास गर्ने समयमा बजेट निकास बागलुङ नगरपालिकाको मूलपानीमा भएपछि विवाद भएपछि उक्त समयमा भवन निर्माण अघि बढेको थिएन । बागलुङ नगरपालिका–१३ पैंयुपाटा स्वास्थ्यचौकीलाई नै नगर अस्पतालको नामकरण गरेको बागलुङ नगरपालिकाले नयाँ भवन निर्माण शुरू गरेको हो । अस्पताल भवन निर्माण गर्न महालक्ष्मी जुगल जेभीसँग २०७८ असार २३ गते १२ करोड ८७ लाखमा सम्झौता भएको थियो । उक्त भवन २०८० साल असार २० गतेसम्म सक्नुपर्ने सम्झौता रहेको बागलुङ नगरपालिकाका इन्जिनियर मनोज शर्माले जानकारी दिए । रू. २४ करोडको डिपिआर गरेको अस्पतालको अहिले मुख्य भवन निर्माण गर्न थालिएको छ ।       अस्पतालको प्रवेशद्वार, पार्किङलगायत संरचना भने यसै ठेक्कामा बन्ने इन्जिनियर शर्माको भनाइ छ । बागलुङ नगरपालिकाको रायडाँडा, पैंयुपाटा, अमलाचौर र नारायणस्थानका बासिन्दालाई अस्पताल निर्माणसँगै स्वास्थ्य सेवा लिन सहज हुने बागलुङ नगरपालिका–१३ पैंयुपाटाका वडाध्यक्ष नारायण शर्मा पौडेलले जानकारी दिए । वडाध्यक्ष पौडेलका अनुसार स्थानीयवासीको ८ रोपनी जग्गा नगर अस्पतालका नाममा पास गरेपछि अस्पताल निर्माण अघि बढेको छ । अस्पताल निर्माण गर्न स्थानीय पालिकाले ९ रोपनी जग्गा व्यवस्थापन गर्ने प्रावधानअनुसार जग्गा व्यवस्थापन भएको थियो । ठेक्का सम्झौता अवधिभित्रै नगर अस्पतालको भवन निर्माण सम्पन्न गरी हस्तान्तरण गर्ने भवन निर्माणको जिम्मा पाएको महालक्ष्मी जुगल जेभीका प्रतिनिधि रबिन महर्जनले जानकारी दिए । रासस

शुक्लाफाँटामा नगर अस्पताल निर्माण शुरू

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–४ असैनामा नगर अस्पताल भवन निर्माण शुरू गरिएको छ । दश शøयाको नगर अस्पताल भवन निर्माणको कार्य शुरू गरिएको हो ।      नगरपालिकाका इन्जिनियर दीपक धामीका अनुसार ६ करोड २४ लाखको लागतमा ठेक्का प्रक्रियामार्फत अस्पताल भवन निर्माणको काम अगाडि बढाइएको छ । एमके बिल्डर्स र निरज कन्स्ट्रक्सनसँग अस्पताल भवन निर्माणका लागि सम्झौता गरिएको छ । ‘भवन निर्माणका लागि कुल बजेट १० करोड ८३ लाख रहेको थियो,’ उनले भने, ‘घटाघटमा निर्माण कम्पनीले ६ करोड २४ लाखमा ठेक्का सम्झौता गरी निर्माण अगाडि बढाएको छ ।’ भवन निर्माणका लागि फाउन्डेसन राख्ने कार्य पूरा हुन लागेको छ । उनका अनुसार दुई वर्षभित्र भवन निर्माण सक्नुपर्ने सम्झौता छ । सोहीअनुरूप कार्य भइरहेको छ । अस्पतालमा ठेक्का सम्झौताअनुसार पाले घर, स्वास्थ्यकर्मी बस्ने आवास, पर्खाल, शौचालय र गेट निर्माण हुनेछ । रासस

शुक्लाफाँटामा नगर अस्पताल निर्माण सुरु

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–४ असैनामा नगर अस्पताल भवन निर्माणको कार्य सुरु गरिएको छ । दस शय्याको नगर अस्पताल भवन निर्माणको कार्य सुरु गरिएको हो । नगरपालिकाका इन्जिनियर दीपक धामीका अनुसार रु ६ करोड २४ लाखको लागतमा ठेक्का प्रक्रियामार्फत अस्पताल भवन निर्माणको काम अगाडि बढाइएको छ । एमके विल्डर्स र निरज कन्सट्रक्सनसँग अस्पताल भवन निर्माणका लागि […]

शुक्लाफाँटामा नगर अस्पताल निर्माण सुरु

शुक्लाफाँटा नगरपालिका–४ असैनामा नगर अस्पताल भवन निर्माणको कार्य सुरु गरिएको छ। दस शय्याको नगर अस्पताल भवन निर्माणको कार्य सुरु गरिएको हो।