काठमाडौं । सर्वोच्च अदालतले संवैधानिक इजलासबाट प्रधानन्यायाधीशलाई अलग गर्न नमिल्ने तथा प्रधानन्यायाधीशको अनुपस्थितिमा सुनुवाइ हुन नसक्ने दाबी गरिएको रिट खारेज गरेको छ । सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की नेतृत्वको संवैधानिक इजलासले अधिवक्ता गणेश रेग्मी र दीपकविक्रम मिश्रले दायर गरेको रिट खारेज गरेको हो । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र अध्यादेशअनुसार भएका नियुक्तिविरुद्ध दायर भएका रिटको […]