राष्ट्रियसभाबाट राजीनामा दिएर बामदेव आउँदो चुनावमा उम्मेदवार बन्ने

काठमाडौँ-  बामदेव गौतमले राष्ट्रियसभा सदस्यबाट राजीनामा दिएर प्रतिनिधिसभाको चुनाव लड्ने भएका छन्। तत्कालीन नेकपामा ठूलो रस्साकस्सीपछि बामदेव राष्ट्रपतिले मनोनयन गर्ने कोटाबाट राष्ट्रियसभा सदस्य बनेका थिए। उनको कार्यकाल ६ वर्षे भए पनि राजीनामा दिएर आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभाको चुनावमा उम्मेदवार बन्ने तयारी गरेका हुन्। गौतम नेकपा माओवादीको चुनाव चिन्ह हँसिया हथौडाबाट चुनाव लड्ने तय […]

सम्बन्धित सामग्री

एमाले त्यागेका घनश्याम भुसाल अब स्वतन्त्र उम्मेदवार बन्ने !

काठमाडौं : नेकपा एमालेबाट राजीनामा दिएको घोषणा गरेका नेता घनश्याम भुसालले स्वतन्त्रबाट उम्मेदवार बन्ने तयारी गरेका छन्। उनी निकट स्रोतका अनुसार भुसालले भोलि मनोनयनको दिनसम्म पर्खिने र अरु दलसँग कुरा नमिले स्वतन्त्रबाट उम्मेदवार बन्ने तयारी गरेका छन्। भुसालले आजै एमाले परित्याग गरेको घोषणा गरेका हुन्। उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीको स्वेच्छाचारिताको आलोचना गर्दै पार्टी परित्याग…

मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता झाले दिए राजीनामा, पार्टी प्रवेश गर्ने तयारी

जनकपुरधाम: मधेस प्रदेशका मुख्यन्यायाधिवक्ता दीपेन्द्र झाले पदबाट राजीनामा दिएका छन्। प्रतिनिधिसभामा उम्मेदवार बन्ने तयारी गरेका झाले शनिवार मुख्यमन्त्री लालबाबु राउतलाई राजीनामा बुझाएका हुन्। आज नै जनता समाजवादी पार्टीमा विधिवत् प्रवेश गरेर निर्वाचनमा उम्मेदवारी दिने घोषणा गर्न लागेका झाले उम्मेदवार बन्नु अगाडि पदबाट राजीनामा दिएको बताएका छन्। झालाई जसपाका अध्यक्ष उपेन्द्र…

केशव स्थापितले दिए प्रदेशसभा सदस्यबाट राजीनामा

बागमती प्रदेशसभा सदस्य केशव स्थापितले राजीनामा दिएका छन् । काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेबाट उम्मेदवार बन्ने भएपछि उनले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका हुन् ।आइतबार प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठ समक्ष स्थापितले राजीनामा दिएका हुन् ।

हेटौंडाका ९ अध्यक्षसहित ३६ जनप्रतिनिधिको राजीनामा

९ वैशाख, हेटौंडा । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्ने तयारीमा रहेका हेटौंडा उपमहानगरपालिकाका ३६ जना जनप्रतिनिधिले राजीनामा दिएका छन् । हेटौंडाका ९ वडा अध्यक्षसहित ३६ जना निर्वाचित जनप्रतिनिधिले शुक्रबार उपमहानगरमा राजीनामा बुझाएका हुन् । राजीनामा दिने वडा अध्यक्षहरुमा हेटौंडा २ का हरि राउत, ३ नम्बर वडाका रामकुमार पुडासैनी, ४ का नविन […]

वीरगञ्ज महानगर प्रमुख सरावगीले दिए राजीनामा

वीरगञ्ज महानगर प्रमुख विजय सरावगीले राजीनामा दिएका छन् । वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा मेयर पदका लागि उम्मेदवार बन्ने तरखरमा रहेका सरावगीले राजीनामा दिएका हुन् ।सरावगीले उपप्रमुख शान्ति कार्कीलाई राजीनामापत्र बुझाएका हुन् । सरावगीले बिहीबार दिउँसो राजीनामा बुझाएको उपप्रमुख शान्ति कार्कीले जनाइन् । ‘शनिबार १० बजेदेखि लागु हुनेगरी बिहीबार दिउँसो उहाँले राजीनामा बुझाइसक्नु भएको छ,’ उनले भनिन् ।स्थानीय तह निर्वाचन कार्यतालिका अनुसार आइतबार र सोमबार (वैशाख ११ र १२ गते) उम्मेदवारक

जनप्रतिनिधिले राजीनामा दिएर उम्मेदवार बन्ने प्रावधान अव्यवहारिक : प्रवक्ता महत

नेपालगन्ज । नेपाली काँग्रेसले स्थानीय तहका जनप्रतिनिधिले राजीनामा दिएर उम्मेदवार बन्नुपर्ने व्यवस्थाको विरोध गरेको छ। निर्वाचन आयोगले स्थानीय तहको उम्मेदवार बन्न जनप्रतिनिधिले राजीनामा दिनुपर्ने भनेर गरेको व्यवस्थाको प्रमुख प्रतिपक्षीलगायतका दलले विरोध गरिरहेको बेला काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तहमा उम्मेदवार बन्न जनप्रतिनिधिले पदबाट राजीनामा दिने कुरा व्यावहारिक नभएको बताएका हुन्। नेपाल प्रेस युनियन बाँकेले […]

उम्मेदवार बन्ने जनप्रतिनिधिले राजीनामा दिनुपर्ने व्यवस्थाप्रति दलहरुको आपत्ति

काठमाण्डाै - वैशाख ३० गते हुने स्थानीय तह चुनावमा उम्मेदवार बन्ने जनप्रतिनिधिले राजीनामा दिनुपर्ने व्यवस्थाप्रति दलहरुले आपत्ति जनाएका जनाएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको आचारसंहितामा उम्मेदवार बन्न जनप्रतिनिधिले राजीनामा दिनुपर्ने व्यवस्था छ । सांसदको चुनाव हुँदा प्रधानमन्त्रीले राजीनामा दिनु नपर्ने तर पालिकाका मेयर वा अध्यक्षले राजीनामा दिनुपर्ने व्यवस्था अव्यावहारिक हुने नेताहरुको भनाइ छ । नेपाली कांग्रेसका प्रवक्ता डाक्टर प्रकाशशरण महतले उम्मेदवार बन्ने जनप्रतिनिधिले राजीनामा दिनुुपर्ने व्यवस्था उचित नहुने ब...

उम्मेदवार बन्न जनप्रतिनिधिले राजीनामा दिनुपर्ने व्यवस्थाप्रति एमालेको आपत्ति

काठमाण्डाै - वैशाख ३० मा हुने स्थानीय तह चुनावमा उम्मेदवार बन्ने जनप्रतिनिधिले मनोनयन दर्ताअघि नै राजीनामा दिनुपर्ने निर्वाचन आचारसंहिताको व्यवस्थाप्रति प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आपत्ति जनाएको छ । निर्वाचन आयोगले बनाएको निर्वाचन आचारसंहिता–२०७८ मा जनप्रतिनिधिले उम्मेदवार बन्ने भएमा मनोनयन दर्ताअघि नै राजीनामा दिनुपर्ने व्यवस्था छ । यो आचारसंहितामा एमालेका उपमहासचिव विष्णु रिमालले सामाजिक सञ्जाल फेसबुकमार्फत चुनावमा जानुअघि पद खाली गर्नुपर्ने किन ? भनेर प्रश्न गर्नुभएको छ । प्रधानमन्त्री...

निर्वाचन आचारसंहिता : उम्मेदवार बन्ने स्थानीय जनप्रतिनिधिले राजीनामा दिनुपर्ने

३ चैत, काठमाडौं । स्थानीय जनप्रतिनिधिले आगामी निर्वाचनमा उम्मेदवार बन्न पदबाट राजीनामा दिनुपर्ने भएको छ । स्थानीय तहको निर्वाचन ३० वैशाख २०७९ का लागि तोकिएको छ । यो चुनावमा हाल पदमा बहाल रहेका जनप्रतिनिधिहरु पनि उम्मेदवारका दावेदार छन् । तर हाल वहाल रहेका जनप्रतिनिधिले उम्मेदवारी मनोनयन दर्ता गर्नु अघि नै बहाल रहेको पदबाट राजीनामा दिनुपर्ने […]

लुम्बिनीमा एमाले छाडेका पाण्डे राष्ट्रियसभा सदस्यको उम्मेदवार बन्ने

२० वैशाख, काठमाडौं । लुम्बिनी प्रदेशसभा सदस्यबाट राजीनामा दिएका दृगनारायण पाण्डेय राष्ट्रियसभा सदस्यको उम्मेदवार बन्ने भएका छन् । सोमबार लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको बैठकले पाण्डेलाई राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको हो । ‘मलाई गठबन्धनले राष्ट्रियसभा सदस्य उम्मेदवार बनाउने निर्णय गरेर पत्रकार सम्मेलनमा जानकारी गराइसक्यो’ पाण्डेयले […]