झापा : मेची नदीले एउटा मुख्य सीमा पिलर बगाएको छ।नदीले कचनकवल गाउँपालिका-५ स्थित पाठामारीमा ११२ नम्बर सीमा पिलर बगाएको सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण झापाका प्रवक्ता तथा डिएसपी प्रेमबहादुर भण्डारीले जानकारी दिए। केही दिनको अविरल वर्षाले नेपाल–भारतको सीमा भएर बग्ने मेची नदीमा पानीको बहाव बढेको थियो। नदीले पाठामारीको तटीय क्षेत्र कटान गर्ने क्रममा सोमबार दिउँसो ४ बजे नेपाल–भारतको एउटा मुख्य सीमा पिलर बगाएको डिएसपी भण्डारीले बताए। मेचीमा पानीको बहाव बढेपछि नदी आसपासका रहेका