एमाले सांसद भन्छन्ः शिक्षकसँगको सम्झौता समावेश नगरी विधेयक प्रस्तुत गर्नु गलत

काठमाडौँ – नेकपा एमालेका सांसदहरुले सरकारले शिक्षकहरूसँग गरेको सम्झौता संसदलाई जानकारी नदिई विधेयक प्रस्तुत गर्नु गलत भएको बताएका छन्। शुक्रबार प्रतिनिधि सभामा विधेयकमाथिको छलफलमा भाग लिँदै एमाले सांसदहरुले सरकारले विद्यालय शिक्षा विधेयकको विषयमा गरेको सम्झौता नचिन्ने बताएका हुन्। उनीहरुले सरकारले शिक्षकहरुसँग विभिन्न सम्झौता गर्ने र विधेयकमा समावेश नगरी संसदमा विधेयक पेश गरेर सरकारले संसदलाई हेप्न […]

सम्बन्धित सामग्री

संसद्मा प्रधानमन्त्रीको खोजी

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको खोजी गरेको छ। आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा एमालेले संवैधानिक परिषद सम्बन्धी विधेयक सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पेश गर्न खोजेपछि उनीहरूले विरोध जनाएका हुन्। एमाले सांसद योगेश भट्टराईले प्रधानमन्त्री प्रचण्ड बैठक उपस्थित रहेकाले उनले नै संसदमा विधेयक प्रस्तुत गर्नुपर्ने माग गरे। ‘प्रधानमन्त्रीज्यू बैठकमा हुनुहुन्छ। उहाँले प्रस्तुत गर्नुपर्ने विषय हो।

राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयक प्रतिनिधिसभामा प्रस्तुत

राष्ट्रपति विद्या भण्डारीले सन्देशसहित फिर्ता गरेको नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९ प्रतिनिधिसभामा प्रस्तुत भएको छ । गृहमन्त्री बालकृष्ण खाँणले सोध विधेयक प्रस्तुत गरेका छन् । सभामुख अग्निप्रसाद सापकोटाले प्रस्तुत विधेयक निर्णयार्थ प्रस्तुत गर्दा छलफलका लागि स्वीकृत भएको छ । सो विधेयकमाथि प्रतिनिधिसभामा छलफल भइरहेको छ । राष्ट्रपतिले सन्देश सहित फिर्ता पठाएको विधेयकमाथि संसदीय समितिमा छलफल गर्न माग गरेको छ । विधेयकमाथि छलफलमा भाग लिँदै एमाले सांसद प्रदीप ज्ञवालीले संसदमा छलफल गर्नुपर

ती रोक्ने जनार्दन, यी भाग्ने जनार्दन

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा नेकपा एमालेका सांसदको अवरोधका बीच अर्थमन्त्री जनार्दन शर्माले संघीय प्रतिनिधि सभा बैठकमा आर्थिक विधेयक २०७८, विनियोजन विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ प्रस्तुत गरेका छन्।रोस्टममा मर्यादापालक र सांसदबीच घम्साघम्सी चलेको थियो। आर्थिक वर्ष २०७८(७९ को लागि प्रतिस्थापन विधेयक प्रस्तुत गर्न अर्थमन्त्री जनार्दन शर्मालाई सभामुख अग्निप्रसाद सापकोटाले समय दिएपछि एमाले सांसद र मर्यादापालकबीच घम्साघम्सी